August 20th, 2018

सवा चार अर्ब नाफा कमाउने ‘राष्ट्रिय बाणिज्य बैंक’को वित्तीय अवस्था

बैंकिङ खबर । सबैभन्दा अन्तिममा वित्तीय विवरण सार्वजनिक गरेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड खुद मुनाफा आर्जनमा सबैभन्दा अगाडी देखिएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा चार अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५५.९२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ७७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

चुक्तापुँजी नौ अर्ब ४७ लाख रुपैयाँ रहेको बैंकले जगेडाकोषमा आठ अर्ब चार करोड ७० लाख रुपैयाँ रहेको छ । निक्षेपमा १०.२६ प्रतिशत वृद्धि गरी एक खर्ब ६९ अर्ब १७ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले कर्जातर्फ १३.५७ प्रतिशत वृद्धि गरी एक खर्ब २० अर्ब ८७ करोड २२ लाख रुपैयाँ प्रवाह गरेको छ । 

बैंकको व्याज आम्दानी ३७.३७ प्रतिशतले बढेर १२ अर्ब २० करोड ९४ लाख रुपैयाँ पुग्दा व्याज खर्च ५६.२४ अंकको वृद्धिसँगै दुई अर्ब ९८ करोड ३४ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च र अन्य खर्च तीन अर्ब ८० करोड रुपैयाँ रहेको छ । बैंकको संचालन मुनाफा चार अर्ब ७९ करोड ९९ लाख रुपैयाँ रहेको छ । 
 
बैंकको खराब कर्जा ०.४८ प्रतिशतले बढेर ४.२५ प्रतिशत पुगेको छ । आधार व्याजदर पनि ०.२५ प्रतिशतले बढेर ६.२ प्रतिशत पुगेको छ । स्प्रेड दर ४.९५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]