August 18th, 2018

आर्थिक तथा मौद्रिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको भूमिका

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले देशको आर्थिक, मौद्रीक तथा व्यवसायिक क्षेत्रमा रहेर विभिन्न कार्यहरु सम्पादन गर्दै आएका छन् । यी संस्थाहरुले देशको मौद्रीक प्रणालीको उत्थान तथा विकासका लागि आफ्नो क्षेत्रबाट महत्वपुर्ण सहयोग पुर्याउँछन् ।  यी संस्थाहरुले गर्ने कामहरु निम्नलिखित रहेका छन् । 

निक्षेप तथा कर्जा कारोबार 
वित्तीय संस्थाहरुको प्रमुख कार्यको रुपमा विक्षेप स्वीकार गर्नु र स्वीकार गरेको निक्षेपलाई कर्जाको रुपमा परिचालन गर्नु हो । वित्तीय संस्थाहरुले तुलनात्मक रुपमा उच्च व्याज प्रदान गरी सानोतिनो निक्षेपलाई स्वीकार गरी उपयुक्त कोष बनाउँछन् । यसरी संकलन गरेको पुँजीलाई विभिन्न व्यक्ति तथा संस्थाहरुलाई कर्जाको रुपमा परिचालन गर्दछ । कतिपय अवस्थामा आफ्ना ग्राहकहरुलाई कर्जा लगानीकोलागि जमानी बस्ने तथा कर्जा दलालको रुपमा कार्य गरी ठुला बैं)क तथा वित्तीय संस्थाहरुमा कर्जा प्रवाहकालागि प्रोत्साहित गर्दछन । सर्वसाधरणहरुलाई सापटि दिनको लागि उपयुक्त कोषको परिचालन गर्नेकालागि दलालको रुपमा पनि कार्य गर्दै आएको छ । 

मौद्रीक कारोबारमा सहयोग गर्ने 
वित्तीय संस्थाहरुले विभिन्न व्यक्ति तथा संस्थाहरुकोलागि आवश्यक पर्ने पुँजी तथा कारोबारकोलागि जवानी बस्ने कार्य गर्दछ । यसरी जवानी बस्दा सो जवानीले नै नगदको काम गर्ने हुदाँ तरलको आवश्यक्ता नपर्नेहुन सक्छ । जसले गर्दा नगद कै खास जरुरत नपर्ने हुदाँ मुद्राको कार्य सम्पादन हुन्छ । फलस्वरुपः सो नगदलाई अन्य विभिन्न व्यवसायिक कारोबारमा परिचालन गरी त्यसबाट राष्ट्रिय उत्पादन र उत्पादकत्व अभिबृद्धि गराउन मद्दत पुग्दछ । 

यसको अलवा वित्तीय संस्थाहरुले वस्तर तथा सेवाको उपभोक्ताकालागि समेत सानो सानो परिमाणमा कर्जा उपलब्ध गराई मानीसको उपभोग प्रणलीमा परिवर्तण गरी उत्पादन तथा मौद्रीक बजारको क्षेत्रलाई बढाउनका लागि महत्वपुर्ण सहयोग गर्दछ । 

मध्यस्थकर्ताको भुमिका खेल्ने 
वित्तीय संस्थाहरु वित्त बजारको यस्तो संस्था हो । जसले जअिले पनि बचतकर्ताहरु र लगानीकर्ताहरु बीचमा रहेर कार्य गर्दछ । सानो बचत आफै कुनै पैकारको लगानी हुन सक्दैन  भने सुक्ष्म लगानीबाट खासै व्यवसायिक सहयोग नहुनसक्छ । यीनीहरुले बचतकर्तालाई उपयुक्त विश्वास तथा जमानत दिईउनीहरुको साथमा भएको बचतलाई पुँजीको रुपमा संकलन गरी अन्य जरुरत गर्ने क्षेत्रमा परिचालन पनि गर्दछन । 

वित्तीय सल्लाह प्रदान गर्ने
वित्तीय संस्थाहरु वित्तीय क्षेत्रमा सेवारत निकाय भएको हुँदा यस्ता संस्थाहरुसँग वित्तीय बजारको विषयमा पर्याप्त ज्ञाण, सिप तथा अभ्यास हुन्छ । यी संस्थाहरुले आफ्नो बचत तथा पुँजी लगानी गर्नकालागि सल्लाहा प्रदान गर्दछन् । यसरी प्शागत विश्लेषण र ज्ञाण भएका संस्थाहरुको सरसल्लाहाको आधारमा कोष लगानी गर्दा त्यसबाट भएको लगानी बढी सुरक्षित तथा उपयुक्त ठर्हछ । 

जोखिममा कमी ल्याउने 
बीमा कम्पनिहरुले मानविय जीवनमा अथवा कारोबारको सिलसिलामा उत्पन्न हुने आर्थिक जोखिमलाई न्युनीकरण गर्नमा सहयोग गर्दछ । यस्ता जोखिमहरु न्युन पार्नकालागि नगद सोधभर्ना तथा सुविधा उपलब्ध भएका हुन्छन । यस्ता सुविधाहरुको व्यवसायिक कारोबारलाई निरन्तर रुपमा अगाडी बढाउनका लागि महत्वपुर्ण सहयोग मिल्दछ । त्यसैले यस्ता जोखिमपुर्ण अवस्थामा पनि निडर भएर कारोबार गर्न प्रोत्साहन गरी उत्पादन अभिबृद्धिमा ठुलो सहयोग बैंक तथा वित्तीय संस्थाहरुले गर्दछन । 

लगानीका अवसर सिर्जना गर्न 
वित्तीय संस्थाहरुले शेयर बजारमा महत्वपुर्ण भुमिका निवार्ह गर्दछन । यी संस्थाहरुले बजारमा उपलब्ध शेयर, डिबेन्चर र अन्य कागजातहरुको खरिद विक्रिको उपयुक्त वातावरण सिर्जना गर्दछ । जसले गदाए लगानीकर्ताहरुलाई आफ्नो कमाई र पुँजी सहि ढङगले उपयुक्त क्षेत्रमा लगानी गर्नमा महत्वपुर्ण सहयोग गर्दछ । 

सम्पत्ति र दायित्वको निर्माण  
वित्तीय संस्थाहरुको प्रमुख कार्य बचतको खोजी गरी सो बचतलाई उपयुक्त ढङगले लगानीका अवसर उपलब्ध गराउनु हो । यसरी बचत गर्नु भनेको सम्पत्तिको मुल्य बढाउनु हो ।  सो सम्पत्तिलाई कुनै क्षेत्रमा प्रवाह गरेर पछि सो प्राप्त गर्ने तथा कर्जा लिने संस्थाकालागि दायित्व सिर्जना हुन जान्छ । यो सम्पत्तिको लगानी गरी दायित्वको सिर्जना गराई त्यसबाट मौद्रीक क्षेत्रमा उपयुक्त प्रतिफल प्राप्त गर्ने अवसर जिल्दछ ।  यसरी मौद्रीक नीति गतिविधिको एउटा प्रमुख लक्ष्य हासिल गराउनकालागि ठुलो सहयोग गरेर राष्ट्रको आर्थिक समृद्धिकालागि पनि महत्वपुर्ण योगदान गर्दछन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]