August 17th, 2018

पूराना नौ जीवन बीमा कम्पनी : कुनको मुनाफा कति ?

बैंकिङ खबर । पूराना जीवन बीमा कम्पनीहरुको नाफा गत आर्थिक वर्षमा ६१.८७ प्रतिशतले बढेको छ । नौ वटा जीवन बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष नौ जीवन बीमा कम्पनीको नाफा एक अर्ब २० करोड रुपैयाँ थियो । 

नेपाल लाइफको नाफा सबैभन्दा धेरै
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ४७ करोड ९२ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०६ प्रतिशतले बढी हो ।  अघिल्लो आर्थिक वर्षमा नेपाल लाइफले ४१ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बीमा संस्थानको नाफा सबैभन्दा कम
राष्ट्रिय बीमा संस्थाले सबैभन्दा कम एक करोड ९७ लाख ४२  हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १८९.६३ अंकले बढेको हो । अघिल्लो आर्थिक वर्षमा बीमा संस्थानको नाफा ६८ लाख १६ हजार रुपैयाँ मात्रै थियो ।  

मेटलाईफको प्रगति सबैभन्दा उत्साहजनक
मुनाफा वृद्धिदरमा मेटलाईफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ, जसको नाफा २४०.८६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा सात करोड ६० लाख २१ हजार खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा २५ करोड ९१ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको  हो । 

एलआईसी नेपालको नाफामा गिरावट
लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १० करोड ९० लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५७ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा एलआईसी नेपालले ११ करोड ६७ लाख ४७ हजार रुपैयाँ नाफा गरेको थियो ।

अन्य बैंकको नाफा
एशियन लाइफ लइन्स्योरेन्सले चार करोड ६० लाख ५४ हजार खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको चार करोड २१ लाख १६ हजार रुपैयाँको तुलनामा ९.३५ प्रतिशत बढी हो । 

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको नाफा चार करोड १८ लाख १९ हजार रुपैयाँबाट ३६.८० प्रतिशत बढेर पाँच करोड ७२ लाख नौ हजार रुपैयाँ पुगेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो आर्थिक वर्षको १५ करोड ८७ लाख ८८ हजार रुपैयाँबाट ३६.२६ प्रतिशतले बढेर २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

यसबाहेक, सूर्या लाइफ इन्स्योरेन्सले नाफामा ८.८० प्रतिशत प्रगति हासिल गर्दै १२ करोड १२ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ११ करोड १४ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.६८ प्रतिशत बढी हो । अ घिल्लो आर्थिक वर्षमा नेशनल लाइफले २३ करोड ५५ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]