May 22nd, 2016

विश्व बैँकद्धारा नयाँ कार्यको सुरुवात : अब महामारी फैलिए बिमा हुने

the world bankअब महामारी फैलिए बिमा हुने भएको छ । बहुपक्षीय कर्जादाता निकाय ‘विश्व बैङ्क’ले महामारी बीमा योजना घोषणा गरेको हो । बैङ्कका अध्यक्ष जोम योङ किमले जापानको सेण्डाईमा चलिरहेको जी–सेभेनको बैठकमा शनिवार नयाँ ‘पण्डेमिक इमर्जेन्सी फाइनान्सिङ फ्यासिलिटी’ (पीईएएफ)को घोषणा गरेका हुन् । यस बीमा योजनाअन्तर्गत विश्वमा ठूलो महामारी फैलिएको स्थितिमा सोको रोकथाम र नियन्त्रणका लागि तीव्र गतिमा रकम सञ्चालन गरिनेछ । 

महामारीले धेरै जनसंख्या र कमजोर अर्थतन्त्रलाई खतरा र्पुयाएमा पीईएएफले अन्तरराष्ट्रिय र राष्ट्रिय प्रतिक्रियालाई तीव्रता दिने किमले बताएका छन् । पीईएफ महामारी बीमा र ऋणपत्र दुवैको मिश्रण भएको किमको भनाइ छ । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोलाको महामारी फैलिएपछि सोको निवारणमा दाताहरूले निकै सुस्त प्रतिक्रिया दिएका थिए । यसकै प्रत्यक्ष प्रतिक्रियास्वरूप विश्व बैँकले उक्त बीमा योजना घोषणा गरेको हो । महामारी फैलिएको स्थितिमा सोको नियन्त्रणका लागि तीव्रताका साथ काम गर्ने प्रभावकारी अन्तरराष्ट्रिय प्रणाली नै नभएकाले बैङ्कले पीईएफको घोषणा गरेको बताइएको छ । 

पश्चिम अफ्रिकामा इबोला सङ्क्रमण देखिएपछि विश्व बैङ्कले सोको निवारणमा तीव्रताका साथ कदम चालेको थियो । तर, विश्वभरिबाट त्यहाँ स्वास्थ्यकर्मी परिचालन गर्न, आवश्यक सामग्रीहरूको आपूर्ति गराउन र सेरा लियोन, गिनी र लाइबेरियाजस्ता देशहरूमा अन्य उद्धार सामग्री परिचालनका लागि करोडौं डलर जुटाउन महिनौं लागेको थियो । इबोलाबाट करीब ११ हजार मानिसको मृत्यु भएको थियो भने यसका कारण महीनौं पश्चिम अफ्रिकाको आर्थिक गतिविधि पनि प्रभावित बनेको थियो । ‘महामारीले विश्व स्वास्थ्य र आर्थिक सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ,’ किमले भने । केही समयअघि पश्चिम अफ्रिकामा इबोलाको महामारी फैलिने डरमा कोही पनि तयार नरहेको र यसले सम्पूर्ण विश्वका लागि ‘वेक–अप कल’को काम गरेको उनले बताएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]