fbpx
Sunday , September 23 2018

विकट जिल्ला डोल्पामा दुई वटा मात्रै लघुवित्त

August 15, 2018

बैंकिङ खबर । विपन्न वर्गमा लक्षित भनिएका लघुवित्त वित्तीय संस्थाहरु पनि अति विकट क्षेत्रमा शाखा विस्तारमा चुकेका छन् । अतिविकट जिल्ला डोल्पामा जम्मा दुई वटा माइक्रोफाइनान्सले सेवा दिइरहेका छन् । यही जिल्लामा केन्द्रीय कार्यालय भएका कुनै पनि लघुवित्त छैनन् । 

थोरै लघुवित्त भएपनि यहाँका सर्वसाधारणले सेवा भने राम्रै पाइरहेका छन् । यहाँको एउटै शाखा ६/७ सय सदस्यलाई उद्यमी बनाएको छ भने सयौँलाई कर्जा उपलब्ध गराइरहेको छ । तर, दुई वटा लघुवित्तले मात्रै जिल्लाभरिका सर्वसाधारणलाई समेट्न सकेको छैन । 

ससाना कारोबार गरी आर्थिक स्तर न्युन भएका सर्वसाधारणलाई सहयोग गर्दै आएका लघुवित्तहरुलाई स्थानीय निकायहरुको पनि राम्रो सपोर्ट रहेको छ । यस जिल्लामा संचालित माइक्रोफाइनान्सहरुलाई सहकारीहरुसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था समेत नरहेको निर्धन उत्थान बैंकको डोल्पा शाखाका प्रबन्धक आशिष कुमार श्रेष्ठले बताए ।
 
डोल्पाका सर्वसाधारणहरुले लघुवित्त वित्तीय संस्थाबाट विभिन्न व्यवसाय गर्नका लागि कर्जा लाने गरेका छन् । विशेष गरी, कृषि, पशुपालन, किराना पसल, होटेल व्यवसाय लगायतका लागि सर्वसाधारणले कर्जा लैजाने गरेको श्रेष्ठले जानकारी दिए । सहज रुपमा कर्जा उपलब्ध गराएका माइक्रोफाइनान्सहरुले उद्यमशीलता विकासका लागि भनेर जिल्लामा कुनै तालिमको आयोजना गरेका छैनन् ।

लघुवित्तको संख्या एकदमै थोरै भएका कारण डोल्पामा कर्जाको दुरुपयोग भएको छैन । तर, केही हदसम्म एउटै व्यक्ति एकभन्दा बढी माइक्रोफाइनान्समा सदस्य बन्ने समस्या भने रहेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.