August 14th, 2018

नयाँ लघुवित्त वित्तीय संस्थाको रुपमा ‘दिव्य लघुवित्त’ले सुरु गर्यो कारोबार 

नमोबुद्ध न.पा. वडा नं.–०२भकुण्डेवेशी, काभ्रेमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड संचचालनमा आएको छ । “सरल लघुबैंकिङ्ग” मूल नाराका साथ सुरु भएको लघुवित्तको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक समारोहका बीच गरे । 

कार्यक्रममा वित्तीय संस्थाको संस्थापक लगानीकर्ता सेन्चुरी कर्मसियल बैंक लि. का अध्यक्ष राजेश श्रेष्ठ, नमोबूद्घ उद्योग बाणिज्य संघका अध्यक्ष वशु नारायण श्रेष्ठ लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टै नै नेपालको सबैभन्दा ठुलो लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित हुन शुभकामना व्यक्त गरे । 

संस्थाका अध्यक्ष जीवन भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष भट्टराईले विपन्न वर्गमा जाने कर्जा बैंक तथा फाइनान्स कम्पनी स्वयंले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थाहरुमार्फत मात्र लगानी गर्ने नीति बनाउन सकेमा लघुवित्तीय संस्थाहरुलाई कार्य गर्न अलिक सहज हुने धारणा राखे । 

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ साल कार्तिक ८ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७५ साल असार १९ गते वित्तीय कारोवार गर्ने ईजाजत पाएको यस वित्तीय संस्थाको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्तापूँजी७ करोड ७० लाख रहेको छ । चुक्ता पूँजीमध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि. र कैलाश विकास बैंक लि.को ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक सेयर रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]