August 14th, 2018

ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता

ज्योति विकास बैंक लि. र कुमारी बैंक लि. बिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गरे ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंक को रेमिटेन्स सेवा  ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप  ३० शाखा संचालनमा आउँदैछन ।

यस सम्झौतापश्चात कुमारी बैंकका ८५ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]