August 14th, 2018

प्रभु लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकास्योरेन्स सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स लि. तथा एन आईसी एसिया बैंक लि.बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने र एनआईसी एसिया बैंक का नि. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार, प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई जीवन बीमा सम्बन्धि सेवाहरु एनआईसी एसिया बैंकको प्रधान कार्यालय तथा यसका हाल संचालित सम्पूर्ण शाखाहरु मार्फत समेत उपलब्ध हुनेछ । जीवन बीमाको प्रिमियम एनआईसी एसिया बैंकमार्फत समेत बुझाउन सकिने ब्यबस्था गरिएको छ । 

प्रभु लाइफ इन्स्योरेन्सले देशैभरी नै थप शाखाहरु बिस्तार गर्दे लैजाने लक्ष्य लिएको छ । दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफइन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी साठ्ठी करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]