August 14th, 2018

मेरो माइक्रोफाइनान्सका सेयरधनीले २६.३२ प्रतिशत लाभांश पाउने

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले २६.३२ प्रतिशत लाभांश पाउने भएका छन् । संस्थाको मंगलबार (साउन २९ गते) बसेको संचालक समितिको ७२औँ बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

निर्णयबमोजिम लाभांश वितरण गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइसकेको माइक्रोफाइनान्सले जानकारी दिएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएको लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण गरिनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]