August 14th, 2018

६.६१ अंकको वृद्धिसँगै ११८०.९८ अंकमा सेयर बजार

बैंकिङ खबर । मंगलबार सेयर बजार ६.६१ अंकले बढेर ११८०.९८ अंकमा पुगेको छ । होटल र अन्य समूह क्रमशः १.४१ र ३.३९ अंकले घटे पनि बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह क्रमशः ६.८७, ५.०७, १४.८८, ६.३४, १०.३९, ५०.०१, ६.६१, १५.६ र १३.०१ अंकले बढेका छन् । 

दिनभरिमा १६० वटा कम्पनीको सात लाख ३२ हजार सात सय २५ कित्ता सेयर तीन हजार दुई सय ७८ पटक खरिदविक्री हुँदा १८ करोड ९५ लाख ८६ हजार सात सय ३५ रुपैयाँको कारोबार भएको छ । धेरै कारोबार गर्ने १० कम्पनीहरुमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, प्राइम बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सगरमाथा इन्स्योरेन्स, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, एनसीसी बैंक र एभरेष्ट बैंक रहेका छन् ।

आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन डिस्टीलरी, सिटि एक्सप्रेस फाइनान्स, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स र तिनाउ डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ८.३१, ५.८८, ५.८०, ५.५० र ५.४२ प्रतिशतले कमाएका छन् । ङाखी ग्रुप पावर, ओम डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, पूर्णिमा विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ५.३६ प्रतिशतले गुमाएका छन् । बरुण हाइड्रो, युनिलिभर नेपा, हिमालयन पावर पार्टनर, मिथिला लघुवित्त, एनआईबिएल प्रगति फण्ड, डिप्रोस्क लघुवित्त, तारागाउँ रिजेन्सी, ग्लोबल आईएमई समुन्नत स्कीम, सपोर्ट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]