August 13th, 2018

स्पर्स लघुवित्तको लघुवित्त सम्बन्धी आधारभुत तालिम सम्पन्न

बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल सञ्चालनमा आएका आफ्ना २० वटा शाखा कार्यालमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीहरुलाई २ दिने आधारभुत लघुवित्त सम्वन्धी तालिम दिएको छ । श्रावण २७ र २८ गते सम्म सञ्चालनमा रहेको उक्त कार्यक्रमको उद्घाटन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले गरेका थिए ।

फिल्ड कर्मचारीहरुलाई लघुवित्त सम्वन्धी आधारभूत ज्ञान दिने, फिल्डमा कार्य गर्दा आईपर्ने समस्याहरु निराकरणका उपायहरुको बारेमा जानकारी दिने, कर्मचारीहरुलाईल गानी बचत तथा जीवनबीमाको बारेमा जानकारी गराउँदेै व्यवसाय वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको लघुवित्तले जनाएको छ । 

कार्यक्रमको पहिलो दिन कार्य सञ्चालन, जनशक्ति व्यवस्थापन तथा तालिम विभागका प्रमुखपवन बरालले लघुवित्त एक चिनारी शिर्षकमा लघुवित्तको उत्पत्ति, इतिहास र नेपालमा लघुवित्तको सुरुवात, वर्तमान अवस्था तथा लघुवित्त किन, कसरी र कस्का लागि भन्ने बारेमा जानकारी दिएका थिए भने कर्जा तथा अनुगमन विभागका प्रमुख हरिशरण गिरीले फिल्ड व्यवस्थापन समुहपुर्व तालिम, केन्द्र तथा समुहको गुणस्तरको बारेमा सहभागीलाई जानकारी दिएका थिए । वित्तीय संस्थाका सामान्य सेवा, आन्तरीक लेखा तथा सेयर विभाग प्रमुख ऋषभ सुवेदीले बर्तमान समयमा जीवन बीमा किन, कसरी र यसको चौतर्फी फाईदाको बारेमा सहभागीलाई स्पष्ट पारे ।

कार्यक्रमको दोस्रो दिन वित्त तथा लेखा विभाग प्रमुख विनोद पराजुलीले सहभागीहरुलाई  कार्यालयमा दैनिक प्रयोगमा आउने फारम तथा फरमेटहरुलार्ई अद्यावधिक कसरी गर्ने भन्ने शिर्षकमा प्र्रस्तुती राखेको थिए । 

त्यस्तै जीवन बीमा अन्र्तगतआफ्नो संस्थाले प्रदान गर्ने सेवाको बारेमा सहभागीलाई जानकारी दिँदै सुर्या लाईफ इन्स्योरेन्सका प्रदेश नं. ४ का प्रमुख मिनबहादुर जी.सी.ले आजको दिनमा जीवन बीमा सबैको लागि अनिवार्य रहेको बताए । 

वित्तीय संस्थाले हाल सालै निक्षेप तथा कर्जा सुरक्षण कोषसँगको सहकार्यमा ग्राहक सदस्यका पशुधनहरुको बीमाको लागि सम्झौता गरेको बताउँदै कोषका पोखरा शाखाका शाखा प्रमुख विदुर पराजुलीले पशुधन बीमाको बारेमा सहभागीहरुलाई स्पष्ट पारेका थिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत सजल खड्काले जीवनमा सफल हुनका लागि लक्ष्यसहित अघि बढ्नुपर्ने बताए । विभिन्न व्यक्तित्वहरुको जीवनीलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै उनले सहभागीहरुलाई लक्ष्य प्राप्तीका लागि उत्पेरित गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]