August 13th, 2018

चार लाख २० हजार कित्ता आईपिओ जारी गर्दै जनसेवी लघुवित्त

बैंकिङ खबर । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले चार लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड २० लाख रुपैयाँ बराबरको सेयर निष्काशनका लागि लघुवित्तले एनएमबि क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइपिओ जारी गरेपछि कम्पनीको चूक्ता पूँजी १४ करोड रुपैया पुग्नेछ ।

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेकोे लघुवित्तले ०७० असोज बाट कारोवार सूरु गरेको थियो । दश जिल्ला कार्यक्षेत्र रहेको लघुबित्तले रूकुम , रोल्पा, पर्वत , बाग्लुङ, म्याग्दी, गुल्मी, कास्की, लमजुंङ, तनहुँ, गोर्खाका विभिन्न १८ स्थानबाट वित्तिय सेवा प्रबाह गरिरहेको छ ।

लघुवित्तले गत आर्थिक बर्षमा ६० लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको छ । चालु आर्थिक बर्षमा संस्थाले थप ६ जिल्लामा गरी कुल शाखा संञ्जाल ३२ पुर्याउने लक्ष्य राखेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]