August 13th, 2018

लामो समयपछि सेयर बजारमा हरियाली, ११७४.३७ अंकमा परिसूचक

बैंकिङ खबर । लामो समयपछि सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक १०.४३ अंकले बढेर ११७४.३७ अंकमा पुगेको छ । होटल समूह २.५ अंकले घटेपनि बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः ७.५४, १६.२२, ३.९८, २.३६, ७५.५५, ४.५७, ६.९७, १५.०२ र ११०.८५ अंकले बढेका छन् ।

बजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । दिनभरिमा १५७ वटा कम्पनीको पाँच लाख ३३ हजार चार सय ९२ कित्ता सेयर तीन हजार एक पटक खरिदविक्री हुँदा १६ करोड ९६ लाख ६१ हजार चार सय ३१ रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको मात्रै एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीहरुमा क्रमशः एभरेष्ट बैंक, नविल बैंक, प्राइम बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, सानिमा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, ओम डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् ।

आरम्भ माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.०४, ६.१५, ६.०० र ५.८१ प्रतिशतका दरले कमाएका छन् । बैंक अफ काठमाण्डू, एनआईबिएल समृद्धि फण्ड, नेपाल लाइफ इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी, नेशनल हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, सपोर्ट माइक्रोफाइनान्स र मल्टिपर्पोज फाइनान्सका सेयरधनीले क्रमशः ९.९१ र ८.८८ प्रतिशतका दरले गुमाएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, तिनाउ डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक सीपी, पूर्णिमा विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स, नेपाल हाइड्रो, अरुण काबेली पावर, सोल्टी होटल लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]