August 13th, 2018

राष्ट्रिय स्तरका १३ फाइनान्स कम्पनी : कुनको नाफा कति ?

बैंकिङ खबर । गत आर्थिक वर्षमा अधिकांश फाइनान्स कम्पनीहरुको खुद मुनाफामा गिरावट आएको छ । राष्ट्रिय स्तरका  वित्त कम्पनीमध्ये, १३ वटाले गत आर्थिक वर्षको विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये, पाँच वटाको नाफा मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । हेरौँ, १३ वटै फाइनान्स कम्पनीको वित्तीय विवरण :

आइसिएफसि फाइनान्स लिमिटेड
आइसिएफसि फाइनान्स लिमिटेडको नाफा ४८ दशमलव ८९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको फाइनान्सले गत आर्थिक वर्षमा नौ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । ८८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले जगेडाकोषमा २८ करोड ३१ लाख रुपैयाँ राखेको छ । फाइनान्सले कर्जामा ६ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी २७ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ११ करोड ३१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ दशमलव १६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ४१ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३२ दशमलव ०९ रुपैयाँ र तरलता अनुपात ३० दशमलव १७ प्रतिशत रहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड
मञ्जुश्री फाइनान्स लिमिटेडले नौ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनाकमा ५० दशमलव ८९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले छ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ८० करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले जगेडाकोषमा १३ करोड ६० लाख रुपैयाँ राखेको छ । फाइनान्सले निक्षेपमा छ अर्ब सात करोड ४० लाख रुपैयाँ संकलन गरी कर्जामा पाँच अर्ब १८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ३२ दशमलव ९० प्रतिशतले बढेर २० करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २७ दशमलव २७ प्रतिशतले बढेर १२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको पुँजीकोष अनुपात १६ दशमलव ५० प्रतिशत, निष्कृय कर्जा २ दशमलव ११ प्रतिशत, प्रतिसेयर आम्दानी १२ दशमलव ०६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात नौ दशमलव ७० गुणा, प्रतिशेयर नेटवर्थ १ सय १६ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ३१ प्रतिशत रहेको छ ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड २१ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ दशमलव ३८ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ११ करोड ४७ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ८० करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले जगेडाकोषमा २४ करोड आठ लाख रुपैयाँ राखेको छ । फाइनान्सले निक्षेपमा तीन अर्ब ७१ करोड ९४ लाख रुपैयाँ संकलन गरी कर्जामा तीन अर्ब ५६ करोड २१ लाख रुपैयाँ प्रवाह गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १८ करोड ७७ लाख २० हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४ करोड सात लाख २५ हजार रुपैयाँ पुगेको छ । एक वर्षमा २३ लाख ८० हजार रुपैयाँ खराब कर्जा उठाएको फाइनान्सको खराब कर्जा ०.१७ प्रतिशतका कायम भएको छ । कम्पनीका मूल्य आम्दानी अनुपात १२ दशमलव ९४ प्रतिशत, प्रति शेयर नेटवर्थ रू. १ सय ३० र तरलता अनुपात ३० दशमलव ८५ प्रतिशत रहेको छ ।

पोखरा फाइनान्स लिमिटेड
पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा जम्मा चार प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा पोखरा फाइनान्सले आठ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ८१ करोड ६४ लाख रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडा कोषमा ३५ करोड ७५ लाख रुपैयाँ रहेको छ । फाइनान्सले चार अर्ब ३२ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरेर चार अर्ब १४ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । फाइनान्सको निष्कृय कर्जा अनुपात १.१२ प्रतिशत, सीडी रेसियो ७१.९८ प्रतिशत, आधार दर १२.५६ प्रतिशत, बार्षिक तरलता औषतमा ४. ३१ प्रतिशत, प्रतिसेयर आम्दानी बार्षिक १९.१९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.७९ रुपैयाँ रहको छ ।

गुडविल फाइनान्स लिमिटेड
गुडविल फाइनान्स लिमिटेडको नाफा ३१ प्रतिशत अर्थात् तीन करोडभन्दा बढीले घटेको छ । अघिल्लो आर्थिक वर्षमा नौ करोड ६० लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको फाइनान्सले गत आर्थिक वर्षमा छ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १७ करोड ८७ लाख रुपैयाँ रहेको छ । गत असार मसान्तसम्ममा फाइनान्सले पाँच अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सको खराब कर्जा २.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा यस्तो कर्जा अनुपात बढेको छ । अघिल्लो वर्ष १.५१ प्रतिशत मात्रै खराव कर्जा अनुपात रहेको थियो । फाइनान्सको सीडि रेसियो ७५ प्रतिशत रहेको छ ।

युनाइटेड फाइनान्स लिमिटेड
युनाइटेड फाइनान्स लिमिटेडले छ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.१६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा युनाइटेड फाइनान्सको नाफा ११ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।  ८० करोड पाँच लाख रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको जगेडाकोषमा २२ करोड ४३ लाख रुपैयाँ रहेको छ । निक्षेपमा पाँच अर्ब ९९ करोड रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जातर्फ पाँच अर्ब २२ करोड रुपैयाँ प्रवाह गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी २२ करोड ७२ लाख रुपैयाँ र संचालन मुनाफा छ करोड ४१ लाख रुपैयाँमा झरेको छ । फाइनान्सको निष्कृय कर्जा शून्य दशमलव ६८ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी आठ दशमलव ०१, पीई रेसियो २० दशमलव ८४ प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय २८ रुपैयाँ र तरलता २० दशमलव ०८ प्रतिशत रहेको छ ।

हाथवे फाइनान्स कम्पनी लिमिटेड
हाथवे फाइनान्स कम्पनी लिमिटेडले पाँच करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ सय ८६ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा एक करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३० करोड रुपैयाँ चुक्तापुँजी रहेको फाइनान्सले जगेडाकोष सात करोड ९२ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । निक्षेपमा ३० करोड ५० लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जातर्फ २८ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी तीन करोड ३८ लाख ८१ हजार रुपैयाँ पुगेको छ भने संचालन एक करोड ८१ लाख रुपैयाँ घाटामा रहेको छ । 
असार मसान्तसम्ममा आठ करोड चार लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको कम्पनीको निष्कृय कर्जा ७०.८१ प्रतिशतबाट चार दशमलव ३७ प्रतिशतका झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ दशमलव १७ रुपैयाँ, मूल्य आम्दानी अनुपात आठ दशमलव ८९ गुणा, तरलता अनुपात ७९ दशमलव ०९ प्रतिशत र प्रतिसेयर नेटवर्थ ६६ दशमलव ९१ रुपैयाँ रहेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले पाँच करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५८ दशमलव ४१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १३ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ८० करोड रुपैयाँ चुक्ता पुँजी भएको गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले निक्षेपमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १३ करोड ९३ लाख रुपैयाँ र संचालन मुनाफा ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ३१ प्रतिशत, पूँजीकोष अनुपात २९ दशमलव ९३ प्रतिशत, प्रतिसेयर आम्दानी ७ दशमलव ०६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव २७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २० दशमलव ४८ रुपैयाँ र तरलता अनुपात ३४ दशमलव ३३ प्रतिशत रहेको छ ।

रिलायन्स फाइनान्स लिमिटेड
रिलायन्स फाइनान्स लिमिटेडको नाफा पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा १० करोड ९८ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको फाइनान्सले गत आर्थिक वर्षमा चार करोड ४६ लाख रुपैयाँ मात्रै नाफा गरेको छ । चुक्तापुँजी ७१ करोड ३१ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडाकोषमा २१ करोड रुपैयाँ रहेको छ । निक्षेपमा तीन अर्ब ७२ करोड ४९ लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जातर्फ तीन अर्ब १३ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १५ करोड ६९ लाख ७३ हजार रुपैयाँ रहेको छ भने संचालन मुनाफा दुई करोड ९८ लाख रुपैयाँ रहेको छ । फाइनान्सको निष्कृय कर्जा १.१९ प्रतिशत, प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.८३ रुपैयाँ र तरलता अनुपात ३६.५९ प्रतिशत रहेको छ । 

बेस्ट फाइनान्स कम्पनी लिमिटेड
आर्थिक वर्ष २०७३।७४ मा ५२ लाख ६१ हजार घाटामा गएको बेस्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा चार करोड ४२ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चुक्ता पुँजी २९ करोड ७५ लाख १३ हजार रुपैयाँ रहेको कम्पनीको जगेडाकोष भने सात करोड ५८ लाख रुपैयाँ ऋणत्मक रहेको छ । फाइनान्सले गत आवमा २१ करोड रुपैयाँ निक्षेप संकलन गरेर २८ करोड रुपैयाँल कर्जा सापटी प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा ४९ प्रतिशत रहको छ भने प्रतिसेयर आम्दानी १४.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७४.४९ रुपैयाँ र प्रतिसेयर कुल सम्पतीको मूल्य २०२.५६ रुपैयाँ रहेको छ ।

सिटी एक्सप्रेस फाइनान्स लिमिटेड
सिटी एक्सप्रेस फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा दुई करोड १५ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २३.११ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा सिटी एक्सप्रेसले एक करोड ७४ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 
चुक्ता पुँजी २८ करोड २ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष २३ करोड ४३ लाख ऋणत्मकमा देखाइएको छ । फाइनान्सले असार मसान्तसम्ममा चार करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । फाइनान्सको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ४३.७५ प्रतिशत छ । यसको प्रति शेयर आम्दानी १४.३६ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ३०.५८ प्रतिशत छ ।

गोर्खाज फाइनान्स लिमिटेड
गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा एक करोड २९ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अ घिल्लो आर्थिक वर्षको तुलनामा धेरै कम हो । अघिल्लो आर्थिक वर्षमा गोर्खाज फाइनन्सले १३ करोड २८ लाख ३३ हजार रुपैयाँ नाफा गरेको थियो । चुक्तापुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाइनान्सले जगेडाकोषमा ३३ करोड ३६ लाख रुपैयाँ राखेको छ । फाइनान्सले पाँच अर्ब ५२ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २८ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी २१ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ भने संचालन मुनाफा एक करोड ३६ लाख रुपैयाँ मात्रै रहेको छ । फाइनान्सको निष्कृय कर्जा ४.६७ प्रतिशत, प्रतिसेयर आम्दानी १.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८.४१ रुपैयाँ रहेको छ ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेड
प्रोग्रेसिभ फाइनान्स लिमिटेडको नाफा पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड ४० लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको फाइनान्सले गत आर्थिक वर्षमा ३५ लाख ४७ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । चुक्तापुँजी २१ करोड रुपैयाँ भएको फाइनान्सको जगेडाकोषमा एक करोड १९ लाख ७६ हजार रुपैयाँ रहेको छ । ७८ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५१ करोड दुई लाख रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी तीन करोड दुई लाख रुपैयाँ रहेको छ भने संचालन ४५ लाख ३८ हजार रुपैयाँ घाटामा रहेको छ । फाइनान्सको निष्कृय कर्जा १.५४ प्रतिशत, प्रतिसेयर आम्दानी १.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.७० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३६.२२ रुपैयाँ, तरलता अनुपात ७२.६० प्रतिशत र पीई अनुपात ८१.७० रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]