August 12th, 2018

ग्रामीण विकास लघुवित्तद्धारा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ ।

संस्थाले रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका, रुद्रपुर, गरगरेमा, क्षेत्रीय कार्यालय विराटनगर अन्तर्गत सुनसरी जिल्लाको इनरुवा नगरपालिका, पकलीमा र क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त निःशुल्क स्वास्थ्य शिविरमा संस्थामा आवद्ध ग्राहक सदस्यहरू, स्थानीय बृद्धबृद्धा, महिला तथा पुरुष, वालवालिका, लगायतका सर्वसाधारणहरूको उल्लेखनीय सहभागिता रहेको थियो । रुपन्देही जिल्लाको गरगरेमा संचालन भएको स्वास्थ्य शिविरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज टिचिङ्ग हस्पिटल भैरहवाको प्राविधिक सहयोग रहेको थियो । क्षेत्रीय कार्यालय विराटनगर अन्तर्गत संचालन भएको कार्यक्रममा विराट मेडिकल कलेज एन्ड टिचिङ्ग हस्पिटल र क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको कार्यक्रममा कैलाली अस्पताल प्रा.लि. तथा नेशनल प्याथल्याव धनगढीको प्राविधिक सहयोग रहेको थियो । 

रुपन्देही जिल्लाको गरगरेमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्त्री रोग, मेडिसिन, हाडजोर्नी तथा नशा रोग, नेत्र रोग, बाल रोग र दन्त रोग विशेषेज्ञहरूद्धारा ३५८ जना  व्यक्तिहरूलाई स्वास्थ्य तथा ल्याव परिक्षण गरिएको थियो । क्षेत्रीय कार्यालय विराटनगर अनतर्गत सुनसरीको इनरुवा, पकलीमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग, अर्थो र मेडिसिन रोगका विशेषज्ञहरुबाट २५० व्यक्तिहरूलाई स्वास्थ्य परिक्षण गरिएको थियो । यसैगरी क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा  २९९ जना व्यक्तिहरूलाई स्वास्थ्य परिक्षण र  १०० जना विरामीहरूलाई निःशुल्क मघुमेह जा“च समेत गरिएको थियो । यस क्रममा विमारीहरूलाई स्वास्थ्य परीक्षणसँगै उपलब्ध भएसम्म निःशुल्क औषधी समेत वितरण गरिएको थियो । 

रुपन्देही जिल्लाको रुद्रपुर, गरगरेमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा  संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की, क्षेत्रीय कार्यालय विराटनगर अन्तर्गत संचालन भएको कार्यक्रममा क्षेत्रीय प्रवन्धक किरण काफ्ले र क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको  कार्यक्रममा क्षेत्रीय प्रवन्धक मोतिराज खनाल लगायत संस्थाका अधिकृत तथा कर्मचारीहरूका साथै  कार्यक्रम स्थलमा स्थानिय निकायका पदाधिकारीहरू एवं कार्यक्रममा  सहयोग पुर्याउने विद्यालय परिवारका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।  

संस्थाले साउन २९ गते मंगलवार बिहान प्रधान कार्यालय, बुटवलमा रक्तदान कार्यक्रम, साउन ३० गते बुधवार  बिहान तिलोतमा नगर पालिका,  शंकरनगर, वनवाटिका परिसर, रुपन्देहीमा वृक्षा रोपण कार्यक्रम, सोही दिन नेपाल अपाङ्ग आश्रम बुटवल, देवीनगरमा अपाङ्गहरूलाई खाद्यान्न तथा सामग्री वितरण र  साउन ३० दिउँसो   वार्षिकोत्सव मूलसमारोह  आयोजना गर्ने  संस्थाले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]