August 12th, 2018

सनराइज बैंकको लमजुङस्थित सुन्दरबजार शाखा नयाँ भवनमा सर्यो

बैंकिङ खबर । सुन्दरबजार–७ लमजुङमा बिगत नौ बर्षदेखि सेवा दिईरहेको सनराईज बैंक नयाँ भवनमा सरेको छ । स्थानान्तरण भएको शाखाको समुद्घाटन लमजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राम बाबु श्रेष्ठ र सनराईज बैंकको सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले एक समारोहका बीच संयुक्त रुपमा गरे । सोही समारोहमा शाखाका साथै एटीएमको पनि स्थानान्तरण गरि उद्घाटन गरिएको छ ।

कार्यक्रममा लमजुङ्ग उद्योग वाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सनराईज बैंकले लमजुङको आर्थिक विकासमा एक कोसेढुङगाको रुपमा काम गर्दै आएको बताए । त्यस्तै, शाखा प्रबन्धक अंकित श्रेष्ठले बैंकले बेलाबेलामा वित्तीय साक्षरता वा अभिमुखि कायक्रम समेत गर्दै आएो जानकारी दिए ।

करिब २०० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा बैंकले आफ्नो खातावालालाई स्वास्थ्य बीमाको तर्फबाट सोहि शाखाका खातावाला पर्त बहादुर गुरुङलाई ९४ हजार पाँच सय १५ रुपैयाँ प्रदान गरेको थियो । गुरुङ केहि दिनअघि ग्र्राण्डी अस्पतालमा उपचाररत थिए । हस्तान्तरणपछि खातावाला गुरुङ खुसि हुँदै सनराईज बैंकको सेवाले आफू नतमस्तक भएको बताए । 

अब थप सुविधासहित उच्च मनोबलका साथ काम गर्ने बैंकले जनाएको छ । सनराईज बैंक लमजुङ जिल्लामा पहिलो वाणिज्य बैंकको रुपमा स्थापित बैंक हो । सनराईज बैंकको सुन्दरबजार शाखाले पश्चिम लमजुङको प्रतिनिधित्व गरेको मुलद्धार सुन्दरबजारको व्यवसायिक, धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा समेत आफूलाई समाबेश गदै आएको छ । 

सनराईज बैंकले लाफ्नो खातावालाहरुको स्वास्थ्य बीमा र दुर्घटना बीमा गराउँदै आएको छ । नेपालको ८० भन्दा बढि अस्पतालहरुसँग सम्झौता गरेर सनराइज बैंक आफ्ना बचत कर्ता लाई पूर्ण बैंकीङ्ग सेवाका साथ अघि बढेको छ । सनराईज बैँकले आफ्नो बचतकर्ताले केहि समयमा बैंकमा नगईकन पनि घरमा बसि बसि पूर्ण बैकिङको लक्ष्य लिएर सनराईज बैंक नेपालमो एक उत्कृष्ट बैंकको रुपमा आफ्नो छबि बढाउँदै गएको छ । 

नयाँ शाखाबाट आधुनिक र ब्यबस्थित सेवा दिनेमा विश्वस्त रहन सबैलाई सनराईज बैंकको तर्फबाट प्रबिण न्यौपानेले आग्रह गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]