fbpx

छानीछानी खानुहोस् जागीर : तीन वाणिज्य बैंकले मागे २०० भन्दा बढी कर्मचारी

August 11, 2018

बैंकिङ खबर । तीन वटा वाणिज्य बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् । ग्लोबल आईएमई बैंक, नविल बैंक र मेगा बैंकमा रोजगारी खुलेको हो । 

ग्लोबल आईएमई बैंक लिमिटेड 
ग्लोबल आईएमई बैंक लिमिटेडले केही संख्यामा जुनियर अफिसर एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । बैंकले कम्प्युटर साइन्स अथवा इन्जिनियरिङमा स्नातक गरेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । जुनियर अफिसर तथा सिनियर एसिस्टेन्ट पदका लागि चार वर्ष र एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट पदका लागि एक वर्षको अनुभव मागिएको छ । हाल कमर्सियल बैंकमा कार्यरत कर्मचारीलाई प्राथमिकता दिइने बताइएको छ ।

आवेदन दिने म्याद अगष्ट १४ अर्थात साउन २९ गतेसम्म रहेको छ । आवेदन अन लाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://vacancy.gibl.com.np/

मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडमा ९८ जनाका लागि रोजगारी खुलेको छ । बैंकले मेनेजर लेभलको एक जना, अफिसर लेभलको २३ जना र एसिस्टेन्ट लेभलका ७४ जना कर्मचारी मागेको हो । बैंकले काठमाडौँ उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको छ । एप्लाई गर्ने म्याद भदौ ६ गतेसम्म रहेको छ । 
पूरा भ्याकेन्सी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/14/mega-career-opportunities-8th-august-2018

आवेदन अनलाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/applications/detail/14/mega-career-opportunities-8th-august-2018

नविल बैंक लिमिटेड
नविल बैंक लिमिटेडमा १०० जनाका लागि रोजगारी खुलेको छ । बैंकले विभिन्न १० जिल्लाका १० गाउँपालिकाका लागि एक सय जना प्रशिक्षार्थी कामदार (ट्रेनी) माग गरेको हो । 

अछाम जिल्लाको तुर्माखाँद र रामारोशन गाउँपालिका, बैतडीको पञ्चेश्वर, बझाङको वित्ताडचिर, डडेलधुराको अलिताल, डोटिको सयाल, जुम्लाको तिला, कालिकोटको पाचलझरना र पालता, सुर्खेतको बराह ताल, सल्यानको दर्मा, रुपन्देहीको साम्मरीमाइ गाउँपालिकाका लागि कर्मचारी माग गरिएको छ । स्थानीय स्तरका आवेदकलाई प्राथमिकता दिने बताइएको छ । 

प्लस टु पास गरेका र २५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले जागीरका लागि एप्लाई गर्न सक्नेछन् । आवेदन दिने म्याद भदौ ६ गतेसम्म रहेको छ । आवेदन मेरो जब डट कमबाट दिनुपर्नेछ ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.