ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर

August 10, 2018

बैंकिङ खबर । ग्लोबल आईएमई बैंक लिमिटेडले केही संख्यामा जुनियर अफिसर एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । बैंकले कम्प्युटर साइन्स अथवा इन्जिनियरिङमा स्नातक गरेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । जुनियर अफिसर तथा सिनियर एसिस्टेन्ट पदका लागि चार वर्ष र एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट पदका लागि एक वर्षको अनुभव मागिएको छ । हाल कमर्सियल बैंकमा कार्यरत कर्मचारीलाई प्राथमिकता दिइने बताइएको छ ।

आवेदन दिने म्याद अगष्ट १४ अर्थात साउन २९ गतेसम्म रहेको छ । आवेदन अन लाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://vacancy.gibl.com.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *