August 10th, 2018

सयपत्री हाइड्रोले तीन लाख कित्ता आईपिओ जारी गर्ने

बैंकिङ खबर । सयपत्री हाइड्रोपावर लिमीटेडले तीन लाख कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्न लागेको हो । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

 कम्पनीको पहिलो साधारण सभाले आयोजना प्रभावित र सर्वसाधारणलाई गरि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आर्इ्पिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्काशन गर्नेछ । त्यस पश्चात २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ । आयोजनाको बिजुली उत्पादन गर्ने क्षमता वार्षिक १३.४८ गिगावाट रहेको बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]