fbpx

यो वर्ष माछापूच्छ्रे बैंकका २६ शाखा थपिँदै

August 10, 2018

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले आफ्नो शाखा सञ्जाल नेपालका अधिकांश जिल्लामा फैलाएको छ । सर्वसाधरणहरुमा वित्तीय पहुँच अभिबृद्धि गर्ने सरकारको नीतिमा सहयोग पुर्याउदै बैंकले पहाडी क्षेत्रका अति दुर्गम भेगदेखि सहरी क्षेत्रका सुगम ठाउँहरुसम्म शाखा विस्तार गर्दै आएको छ । माछापुच्छ्रे बैंका कुल ८६ वटा संचालनमा छन् । यसबाहेक, बैंकले ९९ वटा एटिएम, २ एक्सटेन्सन काउन्टर र २२ वटा शाखारहित बैंकिङ मार्फत आफ्ना ग्राहकलाई सेवा दिईरहेको छ । साथै, २९६ वटा पस मेसिनहरु विक्री गरीसकेको छ ।   

क्षेत्रीय कार्यलय ५ वटा  
माछापुच्छ्रे बैंकका ५ वटा क्षेत्रीय कार्यलयहरु रहेका छन् । ईटहरी, वीरगंज, नक्साल, पोखरा र नेपालगञ्जमा माछापुच्छ्रे बैंकका क्षेत्रीय कार्यलयहरु रहेका छन् । 

कुन प्रदेशमा कति शाखा
माछापुच्छ्रे बैंकको कुल ८६ शाखामध्ये काठमाडौं उपत्यकाभित्र १७ शाखा रहेका छन् भने बाँकी ६९ शाखा सुगम तथा दर्गम भेगका विभिन्न ठाउँमा रहेका छन् । माछापुच्छ्रे बैंकको सबैभन्दा बढी शाखा प्रदेश नं ३ मा रहेका छन् । यहाँ माछापुच्छ्रे बैंकका कुल २४ वटा शाखा संचालनमा रहेका छन् । त्यस्तै प्रदेश नं ६ र प्रदेश नं ७ मा सबैभन्दा थोरै ५/५ वटा शाखा संचालनमा रहेका छन् । यसबाहेक प्रदेश नं २, प्रदेश नं ४ र प्रदेश नं ३ मा १५/१५ वटा शाखा संचालनमा रहेका छन् भने प्रदेश नं ५ मा ७ वटा शाखा संचालनमा रहेका छन् । 

४४ जिल्लमा शाखा  
नेपालका कुल ७७ वटा जिल्लामध्ये ४४ जिल्लमा माछापुच्छ्रे बैंकका शाखा विस्तार भइसकेका छन् । शाखा नपुगेका बाँकी जिल्लाहरुमा पनि शाखा विस्तारका लागि बैंकले योजना बनाइरहेको छ । अन्य कुनै वाणिज्य बैंकहरुको शाखा नपुगेका १६ स्थानीय निकायमा माछापुच्छ्रे बैंकका शाखा विस्तार भएका छन् । 

शाखा पुग्न बाँकी ३३ जिल्ला  
७७मध्ये ३३ जिल्लामा माछापुच्छ्रे बैंकका शाखा पुगेका छैनन् । हुम्ला, बझाङ, बाजुरा, डोटी, बैतडी, कालिकोट, दैलेख, जाजरकोट, पुर्वि रुकुम, पश्चिम रुकुम, रोल्पा, प्युठान, गुल्मी, पर्वत, अर्घखाँची, कपिलबस्तु, मनाङ, लमजुङ, गोरखा, रसुवा, नुवाकोट, सिन्धुली, बारा, सिन्धुपाल्चोक, सर्लाही, रामेछाप, दोलखा, सोलुखुम्बु, संखुवासवा, ताप्लेजुङ, तेह्रथुम, नवलपरासी र बर्दियामा माछापुच्छ्रे बैंकको शाखा पुग्न बाँकी रहेको छ । 

एक वर्षमा ३० वटा नयाँ शाखा 
माछापुच्छ्रे बैंकले गत आर्थिक बर्ष २०७४/७५ मा ३० वटा शाखा संचालनमा ल्याएको छ । चालु आर्थिक वर्ष २०७५/७६ मा थप २६ शाखा विस्तार गर्ने बैंकको योजना रहेको छ । यससँगै माछापुच्छ्रे बैंकका कुल शाखा संख्या ११२ पुग्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.