August 11th, 2018

बीमा त गर्ने, तर कसरी ? 

बैंकिङ खबर । बीमा गर्ने व्यक्तिको पहिलो जिज्ञासा हुन्छ, बीमा त गर्ने, तर कसरी ? बीमाको पहिलमे शर्त के हो ? बीमा गर्ने व्यक्तिले सबैभन्दा पहिले बीमा कम्पनीका बारेमा थाहा पाउनुपर्दछ । त्यसपछि त्यस कम्पनीले गर्ने बीमा, त्यसको प्रकार र प्रकृति  सबै थाहा पाइसकेपछि सोशी कम्पनीबाट बीमा गर्ने कुरामा ढुक्क हुनुपर्दछ । बीमा गर्ने निश्चित भएपछि बीमा प्रस्ताव फारम भरिन्छ । प्रस्ताव फारम भनेको बिमित र बीमा गरिने करार वा सम्झौताको प्रारम्भिक कागजात हो । यसमा बिमितले बिमकलाई उपलब्ध गराउनुपर्ने सम्पूर्ण जानकारी प्रस्तुत गरिएको हुन्छ र यही फारमबाट बीमा कम्पनीले बिमित र जोखिमको बारेमा जानकारी लिने गर्दछ । यसमा माग गरिएका सम्पूर्ण विवरण सत्य तथ्य रुपमा उपलब्ध गराउनु बिमितको कर्तव्य हुन आउँछ । झुठो विवरणले क्षतिपूर्तिमा गर्दछ । 

बीमाको प्रकारका आधारमा बीमा प्रस्ताव फारामको नमुना र व्यहोरा पनि भिन्नभिन्न हुन्छन् । जीवन बीमा गर्दा नाम, पेसा, लिंग, पुरा ठेगाना, व्यवसाय, रोजगारदाता, विवाहित वा अविवाहित, शिक्षा, उमेर, आयस्रोत, जीवन बीमाको उद्देश्य, किसिम, बीमांक रकम, भुक्तानी प्रक्रिया, बीमाशुल्क आदि सबै कुरा उल्लेख गर्नुपर्दछ । यसबाहेक, स्वास्थ्य स्थितिको पूर्ण विवरण पनि यसमा प्रस्तुत गर्नुपर्दछ ।  सम्पत्तिको बीमा गर्दा सम्पत्ति रहेको स्थान, त्यसको भोगचलन गर्ने तरिका, अपनाइएको सुरक्षा व्यवस्था, बीमांक आदि सम्पूर्ण विवरण भर्नुपर्दछ । सवारी बीमा अन्तर्गत निजी, व्यवसायिक र निजी मोटर साइकलको बीमा गरिन्छ । सवारी साधनको बीमामा बिमितको आफ्नौ सवारी साधनको अलवा तेस्रोपक्षको जनधनको हानी नोक्सानीको पनि क्षतिपुर्ति समेत समावेश हुँदा यस्तो यस्तो बीमालेखलाई व्यापक बीमालेख भन्ने प्रचलन छ । अन्य बेहोराको हकमा लगानीकर्ताको नाम, सम्पत्तिको किसिम, भवनको बनोट बीमाङ्क, बीमा अवधि र आफुले सुरक्षण गर्न चाहेको बीमा  जोखिमहरुको विवरण समेत भर्नुपर्दछ । 

सबै प्रकारका बीमा प्रस्ताव फारममा  जुन जुन किसिमका बारेमा प्रश्नहरु सोधिएको छ, त्यसको विवरण नलुकाई दिनुपर्दछ । प्रश्नहरुको उत्तर लेख्दा केरमेट नगरी शुद्ध र सफा अक्षरमा बुझिने गरि लेख्नुपर्दछ । कोही प्रस्तावकले फारम भर्दा इमानदार भएर र झुठो विवरण पेशा गर्यो भने बीमा कम्पनी क्षतिपूर्ति दिन बाध्य हुँदैन । अर्को अर्थमा बिमितले प्रस्तुत गरेको आधारमा बीमा कम्पनीले जोखिम मूल्यांकन गर्दछ र सोही अनुरुप यथोचित बीमाशुल्क निर्धारण गर्दछ । त्यसैले प्रस्ताव फारम भर्दा अत्यन्त होसियारीपूर्वक र गम्भीरताका साथ भर्नु बिमितको कर्तव्य हुनजान्छ । बीमा पूर्ण सद्विश्वासको करार हुँदा बीमा कम्पनी प्रस्तावकले घोषणा गरेको तथ्यमा भरपरी करार गर्न मन्जुर गरेको हुन्छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]