fbpx
Wednesday , August 15 2018

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

August 9, 2018

प्रभु लाइफ इन्स्योरेन्स लि. तथा महालक्ष्मी बिकास बैंक लि.बीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । प्रभु लाइफ इन्स्योरेन्स लि. का नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा महालक्ष्मी बिकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यससँगै, अब प्रभु लाइफ इन्स्योरेन्स लि. मा जीवन बीमा गर्ने ग्राहकवर्गलाई जीवन बीमा सम्बन्धि सेवाहरु महालक्ष्मी बिकास बैंक लि.को प्रधान कार्यालय तथा यसका हाल संचालित सम्पूर्ण शाखाहरु मार्फत समेत उपलब्ध हुने भएको छ । जीवन वीमाको प्रिमियम महालक्ष्मी बिकास बैंक लि. मार्फत समेत बुझाउन सकिने ब्यबस्था गरिएको छ । 

प्रभु लाइफ इन्स्योरेन्सले निकटतम दिनहरुमै कम्पनीले देशैभरी नै थप शाखाहरु बिस्तार गर्दे लैजाने लक्ष्य लिएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.