August 9th, 2018

११८०.६३ अंकमा झर्यो सेयर बजार, ३० कम्पनीका सेयरधनीले मात्रै कमाए 

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ६.६९ अंकको गिरावटसँगै ११८०.६३ अंकमा कायम भएको छ । व्यापार समूह २.११ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः ३.३७, ३१.५२, १.३१, १६.८८, ०.७, ७०.०७, ०.४२, १६.४७ र १०२.८३ अंकले घटेका छन् ।

दिनभरिमा १६३ वटा कम्पनीको आठ लाख ६९ हजार तीन सय सात कित्ता सेयर चार हजार तीन सय ७० पटक खरिदविक्री हुँदा १९ करोड ६९ लाख ४५ हजार दुई सय ३७ रुपैयाँको कारोबार भएको छ । नेपाल  लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः सपोर्ट माइक्रोफाइनान्स, सानिमा माई हाइड्रो, नेपाल टेलिकम, ग्लोबल आईएमई लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंक, चिलिमे हाइड्रो, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक र मुक्तिनाथ विकास बैंक रहेका छन् ।

जम्मा ३० वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले ३.८७ प्रतिशतका दरले कमाएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन, एनएमबि हाइब्रिड फण्ड, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, मल्टिपर्पोज फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र खानीखोला हाइड्रोका सेयरधनीले क्रमशः ९.०९, ७.८९ र ६.१९ प्रतिशतले गुमाएका छन् । पूर्णिमा विकास बैंक, तारागाउँ रिजेन्सी, मिथिला लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, सानिमा माई हाइड्रो, सिनर्जी पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]