August 9th, 2018

एक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका १६ शाखा विस्तार, छिटै सात थपिँदै

बैंकिङ खबर । निजीस्तरमा संचालित नेपाल इन्भेष्टमेन्ट बैंकले नेपालका अधिकांश जिल्लामा आफ्नो शाखाहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकिङ पहुँच विस्तारलाई ध्यानमा राखेर बैंकले दुर्गम भेगहरुमा समेत आफ्नो उपस्थिती बलियो बनाउँदै आएको छ । यस बैंकले आफ्नो शाखा संजाल नेपालको अधिकांश जिल्लामा फैलाएको छ । 

७७ शाखा संचालनमा
हाल नेपाल इन्भेष्टमेन्ट बैंकका ७७ वटा शाखा संचालनमा छन् । काठमाडौँ र भैरहवामा नेपाल इन्भेष्टमेन्ट बैंकका क्षेत्रीय कार्यालयहरु छन् । यसबाहेक, १०२ एटीएम, छ एक्सटेन्सन काउन्टर, नौ राजश्व संकलन काउन्टर र ५८ शाखारहित बैंकिङमार्फत बैंकले सेवा दिइरहेको छ । 

कुन प्रदेशमा कति शाखा
इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढि शाखा प्रदेश नं ३ मा रहेको छ । यहाँ इन्भेष्टमेन्ट बैंकका कुल ३५ वटा शाखा संचालनमा रहेका छन् । त्यस्तै, प्रदेश नं. ७ मा सबैभन्दा थोरै ५ वटा शाखा रहेका छन् । यसबाहेक प्रदेश नं  १ मा ९ वटा, प्रदेश नं. २ मा छ वटा, प्रदेश नं ४ मा छ वटा, प्रदेश नं. ५ मा १० वटा र प्रदेश नं ६ मा छ वटा शाखा संचालनमा रहेका छन् । 

इन्भेष्टमेन्ट बैंकको शाखा ४६ जिल्लामा 
नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा ३१ जिल्लामा पुग्न बाँकी रहेको छ । हुम्ला, मुगु, डोल्पा, मुस्ताङ्घ, मनाङ्घ, बाजुरा, डडेलधुरा, जाजरकोट, कंचनपुर, बर्दिया, रुकुम, म्याग्दी, बाग्लुङ्घ, गुल्मी, अर्घाखांची, लमजुङ्घ, गोरखा, धादिङ्घ, रौतहट, सिन्धुली, महोत्तरी, सिराहा, सप्तरी, इलाम, तेह्रथुम, धनकुटा, ताप्लेजङ्घ, खोटाङ्घ, ओखलढुङ्घा, दार्चुला र परासी बाहेकका ४६ जिल्लामा नेपाल इन्भेष्टमेन्ट बैंकले शाखा विस्तार गरिसकेको छ । 

गत आर्थिक वर्षमा १६ शाखा थपिए
गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले १६ वटा नयाँ शाखा संचालनमा ल्याएको छ । यसबाहेक, एक वर्षभित्रमा बैंकले १४ एटिएम, एउटा एक्सटेन्सन काउन्टर, नौ वटा राजश्व संकलन काउन्टर र ४६ वटा शाखारहित बैंकिङ सेवा थप गरेको छ । 

सात शाखा थपिँदै
चालू आर्थिक वर्षमा प्रदेश नं. १, प्रदेश नं. ३ र प्रदेश नं. ७ मा गरेर कुल सात शाखा संचालनमा ल्याउने बैंकको योजना रहेको छ । साथै, एक्सटेन्सन काउन्टर, एटिएम र शाखारहित बैंकिङ सेवा विस्तारलाई पनि प्राथमिकताका साथ अगाडी लैजाने बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]