fbpx

पहुँच बढाउँदै जीवन बीमा कम्पनी : हजार बढी शाखा संचालनमा

August 8, 2018

विजय पराजुली/बैंकिङ खबर । जेष्ठ मसान्तसम्ममा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पुँजी २५ अर्ब नौ करोड नौ लाख सात हजार रुपैयाँ पुगेको छ । बैशाख मसान्तसम्म २२ अर्ब २१ करोड २९ लाख सात हजार रुपैयाँ रहेको चुक्ता पुँजी एक महिनामा दुई अर्ब ८७ करोड ८० लाख रुपैयाँले बढेको हो । 

लगानी
संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुको लगानी तीन अर्ब नौ करोड ५६ लाख ८४ हजार रुपैयाँले बढेको छ । वैशाखमा एक खर्ब ६९ अर्ब २५ करोड पाँच लाख ४२ हजार रुपैयाँ रहेको लगानी जेठमा एक खर्ब ७२ अर्ब ३४ करोड ६० लाख २६ हजार रुपैयाँ पुगेको छ । कम्पनीहरुको बैंक मौज्दात एक खर्ब ७२ करोड २८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जबकी, बैशाख मसान्तमा यस्तो मौज्दात एक खर्ब ३७ करोड एक लाख ३६ हजार रुपैयाँ रहेको थियो ।  

प्रिमियम संकलन
जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलनमा पनि उल्लेख्य वृद्धि देखिएको छ । जेठ  मसान्तसम्ममा कम्पनीहरुले प्रिमियमबाट ३९ अर्ब ७९ करोड ७२ लाख ६८ हजार रुपैयाँ आर्जन गरेका छन् । बैशाख मसान्तमा यस्तो शूल्क ३५ अब नौ करोड ९७ लाख ४२ हजार रुपैयाँ थियो । कुल संकलन भएको प्रिमियममध्ये बैदेशीक रोजगारी बीमा वा म्यादी जीवन बीमाबाट मात्र दुई अर्ब ६४ करोड १८ लाख ७२ हजार रुपैयाँ संकलन भएको छ ।

बीमा लेख
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा ५० लाख ३८ हजार दुई सय १० वटा बीमा लेख जारी गरेका छन्, जुन बैशाख मसान्तको भन्दा एक लाख ७३ हजार पाँच सय ४५ ले बढी हो । कुल बीमा लेखमध्ये, म्यादी बीमालेखका संख्या मात्रै १९ लाख पाँच हजार नौ सय दुई रहेको छ । जसमध्ये, जेठ महिनामा मात्रै ५२ हजार पाँच ४९ वटा म्यादी बीमालेख थपीएको बीमा समीतिले जनाएको छ । यसबाहेक, जेठ महिनामा एक लाख पाँच हजार छ सय ५३ वटा बीमालेख जेष्ठ महिनाभित्रै जारी भएका छन् । 

दाबी भुक्तानी
जेठसम्ममा २१ हजार दुई २७ वटा बीमालेखको क्षतिपूर्तिका लागि दाबी परेको बीमा समितिको तथ्यांक छ । जसको दाबी रकम तीन अर्ब २३ लाख छ हजार रुपैयाँ रहेको छ । जसमध्ये, १८ हजार नौ सय ८० वटा बीमालेखको तीन अर्ब दुई करोड ८३ लाख १० हजार रुपैयाँ बराबरको दाबीको भुक्तानी भइसकेको छ । जसअनुसार, अर्ब भुक्तानी गर्नबाँकी बीमालेखको संख्या पाँच हजार छ सय ३५ रहेको छ भने भुक्तानी गर्न बाँकी दाबी रकम ४४ करोड १९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

पुनर्बिमा
जेष्ठ महिनाको अन्त्यमा पुनर्बीमा शूल्क भुक्तानी ६० करोड ८६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै पुनर्बीमा कमिसन बापत पाँच करोड ५८ लाख २६ हजार रुपैयाँ प्राप्त भएको छ । पुनर्बीमाबाट ब्योहोरीने कुल दावी रकम भने ३३ करोड ३५ लाख ८० हजार रुपैयाँ पुगेको छ । 

बीमा पहुँच तथा शाखा विस्तार
जीवन बीमा कम्पनीहरुले बीमा पहुँच तथा शाखा बिस्तारलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेका छन् । जीवन बीमा कम्पनीहरुको मात्रै जेठ महिना भरिमा १८ वटा शाखा थपिएका छन् । जेठ मसान्तको तथ्यांक अनुसार, जीवन बीमाको कुल शाखा संख्या एक हजार सात पुगेको छ । सबै जीवन बीमा कम्पनीहरु र तीनीहरुको शाखामा गरेर तीन हजार तीन सय ४७ जना कार्यरत छन् भने बीमा अभिकर्ताको संख्या तीन लाख ११ हजार आठ सय ७८ रहेको छ । जसमध्ये, १० हजार तीन सय तीन जना जेठ महिनामा थपिएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.