August 2nd, 2018

१० लघुवित्तको वित्तीय विवरण : कुनको नाफा कति ?

बैंकिङ खबर । १० वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये, फर्स्ट माइक्रोफाइनान्सको नाफा सबैभन्दा धेरै रहेको छ । स्पर्स लघुवित्तबाहेक सबै लघुवित्तको नाफा बढेको छ । 

फर्स्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
फर्स्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड २१ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २७.४३ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा फर्स्टले आठ करोड एक लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडाकोषमा १८ करोड ४४ लाख रुपैयाँ रहेको छ । थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले गत आर्थिक बर्षमा तीन अर्ब ८६ करोड रुपैयाँ बैंकहरु मार्फत सापटी लिएर चार अर्ब १३ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । निष्कृय कर्जा अनुपात शून्य प्रतिशतमा राख्न सफल माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसामा झरेको छ । माइक्रोफाइनान्सको प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ९५ पैसा रहेको छ ।

मेरो फाइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
मेरो फाइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुँद मुनाफा आर्जन गरेको छ । यस्तो नाफा अघिल्लो वर्षमा ९ करोड २८ लाख २७ हजार रुपैयाँ रहेको थियो । ७८ हरोड ३७ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले तीन अर्ब ३८ करोड ४९ लाख रुपैयँ कर्जा सापटी दिएको छ । चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १५ करोड ८५ लाख रुपैयाँ छ । संस्थाको व्याज आम्दनी ५० करोड रुपैयाँ रहेको छ भने व्याज खर्च २६ करोड १४ लाख रुपैयाँ रहेको छ । यसबाट कम्पनीले खुद व्याज आम्दानी २३ करोड ८७ लाख रुपैयाँ कमाएको छ । संचालन मुनाफा १४ करोड ८५ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा अनुपात १.३३ प्रतिशत छ । यसको प्रतिसेयर आम्दानी गत वर्ष ३३.१२ रुपैयाँ थियो भने प्रतिशेयर नेटवर्थ १५५.४५ प्रतिशत रहेको छ । तरलता अनुपात ११.५७ प्रतिशत रहेको यो वित्तीय संस्थाको प्रति सेयर कुल सम्पतीको मूल्य भने १४ सय रुपैयाँ रहेको पनि उल्लेख छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आठ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.४९ प्रतिशतले कम हो । अघिल्लो वर्ष लक्ष्मी लघुवित्तले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा २० करोड २३ लाख रुपैयाँ रहेको छ । असारसम्ममा एक अर्ब ५० करोड रुपैयाँ सापट लिएको संस्थाले सर्वसाधारणलाई दुई अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ  ५२ पैसा, निष्कृय कर्जा ०.९८ प्रतिशत, प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा, मुल्य आम्दानी अनुपात ३०.०७ गुणा तथा प्रति शेयर नेटवर्थ १८३ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा आठ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा १८.९३ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेशनलले सात करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्तापुँजी १२ करोड तीन लाख रुपैयाँ भएको माइक्रोफाइनान्सको जगेडाकोषमा १७ करोड १० लाख रुपैयाँ रहेको छ । यो अवधिमभा  ७४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन र एक अर्ब ६८ करोड कर्जा सापट लिएको माइक्रोफाइनान्सले दुई अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ । कम्पनीको संचालन मुनाफा, खुद ब्याज आम्दानी, अन्य संचालन आम्दानी तथा नियमित कारोबारको कमाईमा पनि सुधार आएको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । असार मसान्तसम्म नेशनल माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा, प्रति सेयर नेटवर्थ २४२.०८ रुपैयाँ र खराब कर्जा ०.९२ प्रतिशत रहेको छ ।  सम्भावित जोखिम व्यवस्थापनमा कम्पनीले एक करोड ५२ लाख रुपैयाँ राखेको छ ।

वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा तीन करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८६ दशमलव ९७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा वोमीले दुई करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १० करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको वोमी माईक्रोफाइनान्सले जगेडाकोषमा छ करोड ५४ लाख रुपैयाँ रहेको छ । निक्षेपमा ४५ करोड ४१ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा एक अर्ब २३ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी ३९ दशमलव ६५ प्रतिशतले बढेर ८ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९१ दशमलव ४३ प्रतिशतले बढेर ६ करोड ३ लाख रुपैयाँ पुगेको छ । वोमी माइक्रोफाइनान्सले ७४ लाख रुपैयाँ प्रोभिजन राखेको छ भने १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३९ दशमलव ०८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३५ दशमलव ४४ गुणा, तरलता अनुपात ३० दशमलव ५२ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६४ दशमलव ७३ रुपैयाँ रहेको । निष्कृय कर्जा शुन्य दशमलव ६५ प्रतिशत रहेको छ भने पूँजीकोषको अनुपात १३ दशमलव ६६ प्रतिशत रहेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड
गत आर्थिक वर्षमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन करोड ७७ लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो वर्ष दुई करोड ३९ लाख ६३ हजार नाफा आर्जन गरेको थियो । कम्पनीको जगेडा कोषको रकम पनि अघिल्लो वर्षको तुलनामा ७६ प्रतिशतले बढेर रू. ५ करोड ३ लाख ४५ हजार पुगेको छ । ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको स्वदेशी लघुवित्तले जगेडाकोषमा ५ करोड ३ लाख रुपैयाँ छुटाएको छ । निक्षेप ६२ करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । यसको खुद व्याज आम्दानीमा २५ दशमलव ६४ प्रतिशतले वृद्धि गरी १४ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ भने संचालन मुनाफा ५९ दशमलव ४५ प्रतिशतले वृद्धि गरी ५ करोड ९२ लाख रुपैयाँ रहेको छ । स्वदेशी लघुवित्तको निष्कृय कर्जा १ दशमलव २१ प्रतिशत, पूँजिकोषको अनुपात १० दशमलव ०३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३२ दशमलव ०८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४३ दशमलव ७८ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ६६ प्रतिशत रहेको छ ।

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड
आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा तीन करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२० दशमलव ६१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा आरएसडीसीले एक करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३५ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तले जगेडाकोषमा १३ करोड १३ लाख रुपैयाँ राखेको छ । कर्जामा एक अर्ब ५० करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी ९१ दशमलव ३५ प्रतिशतले बढेर सात करोड दुई लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२३ प्रतिशतले बढेर पाँच करोड ८९ लाख रुपैयाँ पुगेको छ । आरएसडिसीको निष्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशत, पूँजीकोष अनुपात ३५ दशमलव २५ प्रतिशत, प्रतिशेयर आम्दानी १० दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५२ दशमलव ९५ गुणा, प्रतिसेयर नेटवर्थ १३६ दशमलव ४८ रुपैयाँ र तरलता अनुपात १४ दशमलव ९४ प्रातिशत रहेको छ ।

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा एक करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८४ दशमलव ९६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा सिभिलले ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सिभिल लघुवित्तले जगेडाकोषमा १ करोड ४३ लाख रुपैयाँ राखेकोछ । कम्पनीले कर्जा प्रवाहमा ५८ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी ४ करोड ६३ लाख रुपैयाँ रहेको छ भने संचालन आम्दानी १ करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० दशमलव ४७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७० दशमलव ६८ गुणा, प्रतिशेयर नेटवर्थ ११३ दशमलव १० रुपैयाँ र तरलता अनुपात ४० दशमलव ३३ प्रतिशत रहेको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा एक करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा यो लघुवित्त ५९ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडाकोषमा ५४ लाख ४७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा २५ करोड सात लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ८१ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी आठ रुपैयाँ १६ पैसा कायम भएको छ भने निष्कृय कर्जा ०.०९ प्रतिशत रहेको छ ।

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड
स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष एक लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीको नाफा गत आर्थिक वर्षमा एक लाख एक हजार रुपैयाँमा सिमित भएको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशत कम हो । असार मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी रू. ५ करोड ६० लाख रहेको छ भने रिजर्भ कोषमा रू. २ लाख १८ हजार छुट्याएको छ । सोही अवधिमा कम्पनीले रू. ५ करोड ७४ लाख निक्षेप सङ्कलन गरेको छ भने रू. ३८ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ३९ लाख ८८ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव २७ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]