May 20th, 2016

एनसेल कर प्रकरण : अझै ४७ अर्ब तिराउन बाँकी  

ncellसंसदको अर्थ समितिले एनसेलले राज्यलाई अझै करबापत ४७ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । एक साताअघि एनसेलले पुँजीगत लाभकरबापत १० अर्ब कर तिरेको थियो । अर्थसमितिको शुक्रबार बसेको बैठकले एनसेलले अझै ४७ अर्ब कर तिर्न बाँकी रहेको तर सरकारी अधिकारीसँगको मिलेमतोमा त्यो रकम घटाएर कर छली गर्न खोजेको भन्दै एनसेलका अधिकारीहरुसँग छलफल गर्ने निर्णय भएको समितिका सदस्य जगदीश्वर नरसिंह केसीले जानकारी दिए । समितिमा सांसदहरुले एनसेल कर प्रकरणबारे प्रश्न उठाएका थिए । नेपाली कांग्रेस र एमालेकै सांसदहरुले एनसेल कर प्रकरणमा सम्बन्धित क्षेत्रका सरकारी अधिकारीहरुको संलग्नता रहेको भन्दै तत्काल छानविन हुनुपर्ने माग गरेका थिए । आगामी बैशाख १२ गते एनसेल कर प्रकरणबारे एनसेलका अधिकारीहरुसँग छलफल गर्ने समितिले निर्णय गरेको समिति सदस्य केसीले बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]