fbpx
Wednesday , August 15 2018

एक वर्षभित्र स्प्रेड दर ४.५ प्रतिशतमा झारिसक्नुपर्ने

July 19, 2018

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) पाँच प्रतिशतबाट साढे चार प्रतिशतमा झार्न निर्देशन दिएको छ । विकास बैंक र फाइनान्स कम्पनीलाई भने पाँच प्रतिशत कायम गर्न निर्देशन दिइएको छ । 

राष्ट्र बैंकले हालै जारी मौद्रिक नीतिमा स्प्रेड दर वाणिज्य बैंकहरुले ४.५ र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले पाँच प्रतिशतको सीमाभित्र राख्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । 

स्प्रेड दर झार्नका लागि २०७६ असार मसान्तसम्मको समय दिइएको छ । अब राष्ट्र बैंकले स्प्रेड दर नघाएर लगानी गर्ने बैंकलाई कारवाही गर्ने जनाएको छ ।

त्यस्तै, बोलकबोल आधारमा संकलन हुने संस्थागत मुद्दति निक्षेपको ब्याज दरमा पनि सीमा तोकिएको छ ।  बोलकबोलको आधारमा संकलन हुने संस्थागत मुद्धति निक्षेपको हकमा एक प्रतिशतसम्म थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था गरिएको छ । यसरी पंकाशित गरिएको व्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने समेत निर्देशिकामा उल्लेख गरिएको छ । 

त्यस्तै, इजाजत प्राप्त संस्थाले कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको बढीमा १५ प्रतिशतसम्मको सीमामा नबढ्ने गरी संस्थागत निक्षेप परिचालन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि बढीमा २० प्रतिशतसम्म परिचालन गर्न पाउने व्यवस्था थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.