July 19th, 2018

छ महिनाभित्र वाणिज्य बैंकले सातै प्रदेशमा प्रादेशिक कार्यालय खोल्नुपर्ने

बैंकिङ खबर । आगामी ६ महिनाभित्र बाणिज्य बैंकहरुले सातै प्रदेशमा प्रादेशिक कार्यालय खोल्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार प्रादेशिक कार्यालय अनिवार्य रुपमा खोल्न बैंकहरुलाई निर्देशन दिएको हो । निर्देशनअनुसार, बैंकहरुले विगतमा स्थापित क्षेत्रीय स्तरका कार्यालय भए त्यस्ता कार्यालयलाई प्रदेशिक कार्यालयमा रुपान्तरण गर्न पाउनेछन् । 

प्रादेशिक कार्यालयअन्तर्गतका शाखाहरुसँग समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन तथा गुनासो सुनुवाइजस्ता कार्यहरु प्रादेशिक कार्यालयको कार्यक्षेत्रभित्र समेट्न समेत निर्देशन दिइएको छ ।
 
त्यस्तै, महानगर र उपमहानगरपालिका बाहेकका क्षेत्रमा शाखा खोल्न राष्ट्र बैंकको अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ । शाखा खोलेपछि त्यसको विवरण भने राष्ट्र बैंकलाई बुझाउनु पर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]