July 18th, 2018

जाजरकोटका लघुवित्तबाट करिब दुई हजार उद्यमी 

बैंकिङ खबर । अति विकट जिल्ला अन्तर्गत पर्ने जाजरकोट जिल्लामा बैंकिङ पहुँचको  कमी रहेको छ । जाजरकोटका खलङ्गा शाखाका शाखा प्रबन्धक राजेन्द्र बहादुर शाहका अनुसार, जाजरकोटमा  माइक्रोफाइनान्सका जम्मा आठ शाखा विस्तारित भएका छन् । ती आठ मध्ये, दुई शाखा किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकै रहेका छन् । किसानले जिल्लाको डिल्लीबजार र खलङ्गामा शाखा सञ्चालन गरि त्यहाँका आम सर्वसाधारणहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दैै आएको छ । 

एउटा माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय
जाजरकोट जिल्लामा एउटा माइक्रोफाइनान्सको केन्द्रीय कार्र्यालय विस्तार छ । एन आई सी माइक्रोफाइनान्स वित्तीय संस्थाले रहको संस्थाले जिल्ला आसपासका क्षेत्रमा सेवा दिईं आफ्नो कार्यक्षेत्र अगाडि बढाईरहेको छ ।

करिब दुई हजार उद्यमी
लघुवित्तमार्फत उक्त जिल्लाका सर्वसाधारणहरु उद्दमी बनिरहेका छ । माइक्रोफाइनान्सको एउटा शाखाले माात्र लगभक दुई सयलाई उद्यमी बनाईरहेको शाखा प्रबन्धक शाहले जानकारी दिए । सर्वसाधारणले  त्यहाँका लघुवित्तबाट राम्रो सेवा पाउनुका साथै फाइदा पनि लिईरहेका छन् । विशेष गरि तरकारी उत्पादन, भैंसि पालन, बाख्रा पालन एवम् अन्य साना साना व्यापारको लागि जाजरकोटमा कर्जाको लगानि भईरहेको छ । किसान माइक्रोफाइनान्सको खलङ्गा शाखाबाट ८५ जनाले कर्जा लिएर उपभोग गरिरहेका छन् । 

सहकारीभन्दा लघुवित्त लोकप्रिय
त्यस्तै, जाजरकोट जिल्लामा केही सहकारी संस्था पनि सञ्चालनमा रहेका छन् । सरकारीको तुलनामा, लघुवित्त वित्तीय संस्थाहरुको भुमिका बढि महत्वपुर्ण रहेको छ । यद्यपी, लघुवित्तहरुको दाँजोमा सहकारी पुग्न सकेका छैनन् । जिल्लामा, लघुवित्तहरुले सहकारी सँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नरहेको शाहले बताए । 

त्यहाँ, लघुवित्त प्रति स्थानियहरुको खासै स्पोर्ट रहेको देखिन्न ।  लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले इजाजत दिनुका साथै नियमन, निर्देशन गरेको हुन्छ । यस क्षेत्रमा उद्यमशीलताको विकास पनि राम्रै भईरहेको छ । यस संस्थाले विकासका लागि सर्वसाधारणहरुलाई रेमिट्यान्स सम्बन्धी तालिम, वित्तीय साक्षरता, पैसा कसरी बचत गर्ने, कर्जा कसरी लिने जस्ता तालिमहरु दिदै आएको प्रबन्धक शाहले बताए । 

एउटै व्यक्ति धेरै माइक्रोफाइनान्समा सदस्य
जाजरकोट जिल्लामा अहिले सम्म कर्जाको दुरुपयोग भने भएको पाईदैन । एउटै मानिस धेरै संस्थाका सदस्य बन्ने समस्या यस जिल्लामा रहेको छ । दुई शाखा किसान माइक्रोफाइनान्स भएता पनि अन्य ६ वटा माइक्रोफाइनान्स रहेको छन् । जस्मा, किसान माइक्रोफाइनान्स कै सदस्य अन्य माइक्रोफाइनान्समा सदस्य पनि बनिरहेको पाईन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]