July 18th, 2018

साउन १४ गतेदेखि ‘बैंकिङ ट्रेनिङ’ संचालन हुँदै

बैंकिङ खबर । साउन १४ गतेदेखि बैंकिङ ट्रेनिङ हुने भएको छ । मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युटको सहकार्यमा पाँच दिने बैंकिङ ट्रेनिङ संचालन हुन लागेको हो । 

अधिकांश बैंकहरुले स्थानीय तहसम्म शाखा विस्तार गर्नुपर्ने अवस्थाका कारण बैंकिङ क्षेत्रमा यतिबेला रोजगारीका प्रशस्त ढोकाहरु खुलेका छन् । तथापि, सम्बन्धित विषयमा नै अध्ययन गरेका विद्यार्थीहरुमा समेत व्यवहारिक ज्ञान एवम् बैंकिङ सम्बन्धी जानकारी पर्याप्त नभएका कारण बैंकको ढोकासम्म पुगेर विद्यार्थीहरु फर्किनुपर्ने अवस्था छ । यसै तथ्यलाई ध्यानमा राखेर बैंकिङ करिअर बनाउन चाहनेहरुलाई लक्षित गरी बैंकिङ ट्रेनिङको आयोजना गर्न लागेको मिडिया इन्टरनेशनलले जनाएको छ ।

ट्रेनिङ प्रत्येक दिन विहान ७ बजेदेखि ९ बजेसम्म संचालन हुनेछ । ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी हुन चाहने व्यक्तिका लागि तीन हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।

बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि ४२४४४०२ तथा ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]