July 18th, 2018

१२ सयको विन्दुबाट फेरि झर्यो नेप्से, कारोबार साढे १७ करोड, २८ कम्पनीका सेयरधनीले मात्रै कमाए

बैंकिङ खबर । बुधबार सेयर बजार ५.५४ अंकले घटेर ११९८.७७ अंकमा कायम भएको छ । फाइनान्स समूह ०.७६ अंकले बढेपनि बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः २.४७, २.७९, ९.७२, १४.४१, ६१.६१, २.०४, १.३८, १५.९२ र ६७.६५ अंकले घटेका छन् । व्यापार समूह स्थिर रहेको छ ।

दिनभरिमा १३९ वटा कम्पनीको चार लाख ७७ हजार छ सय ८७ कित्ता सेयर दुई हजार तीन सय पाँच पटक खरिदविक्री हुँदा १७ करोड ५३ लाख ७७ हजार छ सय ८७ रुपैयाँको मात्रै कारोबार भएको छ । नविल बैंकको साढे दुई करोड र नेशनल लाइफ इन्स्योरेन्सको सवा एक करोडमाथिको सेयर कारोबार भएको छ । यसबाहेक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक, नविल बैंक प्रोमोटर, प्रिमियर इन्स्योरेन्स र एनएमबि बैंकको धेरै कारोबार भएको छ ।

जम्मा २८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । नेशनल हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.७१ प्रतिशतका दरले कमाएका छन् । एनसीसी बैंक, विजय लघुवित्त, जलविद्युत् लगानी तथा विकास कोष, सेन्ट्रल फाइनान्स, सृजना फाइनान्स, सिनर्जी पावर, राधी विद्युत् कम्पनी, सूर्योदय लघुवित्त, नेपाल एसबीआई बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, नयाँ नेपाल लघुवित्तका सेयरधनीले ६.६६ प्रतिशतका दरले गुमाएका छन् । रैराङ हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, लक्ष्मी लघुवित्त, नेपाल हाइड्रो, एनएमबि माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, एसियन लाइफ इन्स्योरेन्स, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]