July 18th, 2018

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माग्यो ५०भन्दा बढी कर्मचारी

बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ५० भन्दा बढीको संख्यामा कर्मचारी माग गरेको छ । छिटै नै संचालनमा आउने तयारीमा रहेको बैंकले एसिस्टेन्ट लेभलका १४ जना कर्मचारी मागेको छ । लिगल डिपार्टमेन्टका लागि एक जना, रिस्क मेनेजमेन्ट डिपार्टमेन्टका लागि दुई जना, इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर फिजिबिलिटी डिपार्टमेन्टका लागि एक जना, इन्फ्रास्ट्रक्चर फाइनान्सिङ डिपार्टमेन्टका लागि दुई जना, ट्रेजरी, फाइनान्स एण्ड अपरेसन डिपार्टमेन्टका लागि तीन जना, इन्भेष्टमेन्ट एण्ड स्ट्रक्चर्ड प्रोडक्ट डेभलपमेन्टका लागि एक जना, ह्युमन रिसोर्स एण्ड, एडमिनिस्ट्रेटिभ डिपार्टमेन्टका लागि दुई जना, इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि एक जना र एक्जिक्युटिभ सेक्रेटरी एक जना मागिएको छ । यसका लागि मेनेजमेन्ट, फाइनान्स, एकाउन्ट, फाइनान्स, आईटी, इन्जिनियरिङका सम्बन्धित विषयमा स्नातक उतीर्ण गरेको र दुई वर्षको कार्यअनुभव हासिल गरेको हुनुपर्नेछ । उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, बैंकले अफिसर लेभलका १६ जना कर्मचारी मागेको छ । लिगल डिपार्टमेन्टका लागि एक जना, रिस्क मेनेजमेन्ट डिपार्टमेन्टका लागि तीन जना, इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर फिजिबिलिटी डिपार्टमेन्टका लागि दुई जना, इन्फ्रास्ट्रक्चर फाइनान्सिङ डिपार्टमेन्टका लागि दुई जना, ट्रेजरी, फाइनान्स एण्ड अपरेसन डिपार्टमेन्टका लागि तीन जना, इन्भेष्टमेन्ट एण्ड स्ट्रक्चर्ड प्रोडक्ट डेभलपमेन्टका लागि दुई जना, ह्युमन रिसोर्स एण्ड एडमिनिस्ट्रेटिभ डिपार्टमेन्टका लागि दुई जना र इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि एक जना मागिएको छ । यसका लागि मेनेजमेन्ट, फाइनान्स, एकाउन्ट, फाइनान्स, आईटी, इन्जिनियरिङका सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र पाँच वर्ष क वर्गको बैंकमा काम गरेको अनुभव हुनुपर्नेछ । जसमध्ये, तीन वर्ष सम्बन्धित पदमा रहेर काम गरेको हुनुपर्नेछ । उमेर ४० वर्ष ननाघेको हुनुपर्छ ।

व्यवस्थापकीय तहमा पनि थुप्रै कर्मचारी मागिएको छ । इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर फिजिबिलिटी डिपार्टमेन्ट हेड एक जना मागिएको छ । इन्फ्रास्ट्रक्चर फाइनान्सिङ डिपार्टमेन्टका लागि हेड एक जना र मेनेजर एक जना मागिएको छ । इन्जिनियरिङ, मेनेजमेन्ट वा फाइनान्समा स्नातकोत्तर गरेको र आठ वर्ष व्यवस्थापकीय तहसहित १० वर्षको कार्यअनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछ ।

यसबाहेक, एक जना कम्पनी सेक्रेटरी मागिएको छ । कानुनमा स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा आठ वर्ष काम गरेको अनुभव भएको व्यक्तिले आवेदन दिन पाउनेछ । रिस्क मेनेजमेन्ट हेड एक जना मागिएको छ । यसका लागि स्नातकोत्तर गरेको र १० वर्षको बैंकिङ अनुभव भएको व्यक्तिको दरखास्त आह्वान गरिएको छ ।

त्यसैगरी ट्रेजरी, फाइनान्स एण्ड अपरेसन डिपार्टमेन्ट, इन्भेष्टमेन्ट एण्ड स्ट्रक्चर्ड प्रोडक्ट डेभलपमेन्ट, ह्युमन रिसोर्स एण्ड एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट र इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि पनि १।१ जना हेड मागिएको छ । स्नातकोत्तर उतीर्ण गरेको र आठ वर्ष अनुभव भएको व्यक्तिले आवेदन दिन पाउनेछन् । उमेर ५०भन्दा कम हुनुपर्नेछ ।

त्यस्तै, बैंकको सीईओका लागि पनि आवेदन खुला गरिएको छ । स्नातकोत्तर गरेको, १० वर्षको अनुभव भएको र ५० वर्ष उमेर ननाघेको व्यक्तिको दरखास्त आह्वान गरिएको छ । 

त्यस्तै, केही संख्यामा सिनियर मेनेजमेन्ट कर्मचारीहरु पनि मागिएको छ । स्नातक उतीर्ण, अनुभवी र ४० वर्ष उमेर ननाघेका व्यक्तिको दरखास्त आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]