fbpx

कैलालीमा मात्रै करिव एक अर्ब बजेट फ्रिज

July 17, 2018

बैंकिङ खबर । विकास र पुर्वाधारको टट्कारो आवश्यक्ता परिरहेको बेला कैलालीमा विकास बजेटको ठुलो अंश फ्रिज गएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा मात्रै १ अर्ब बजेट फ्रिज गएको छ । कार्यालयका अनुसार कुल बजेट १८ अर्व ५९ करोड ६३ लाख भए पनि १७ अर्व १० करोड ७७ हजार मात्रै खर्च भएको छ । पूजीगत अर्थात विकाशे बजेट ८४ प्रतिशत मात्रै खर्च भएका बेला चालु बजेट भने ९५ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक मदनराज पाण्डेले जानकारी दिए ।  

बजेट फ्रिज गर्नेमा क्षेत्रीय शहरी विकास आयोजना पहिलो 
जिल्लामा चालु तर्फको कुल १२ अर्व ४४ करोड ८० लाखमा ११ अर्व ८८ करोड ३१ लाख खर्च भएको छ।जिल्लामा चालु आर्थिक वर्षको सबैभन्दा बढी क्षेत्रीय शहरी विकास आयोजनाको बजेट फ्रिज भएको छ। उक्त आयोजनाको साढे २१ करोड फ्रिज भएको हो।कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार डिभिजन कार्यालयको चालु आर्थिक वर्षको कुल बजेट २१ करोड ८० लाखमा १२ लाख ५ हजार ५ सय ८ रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ०.५५ प्रतिशत मात्र हो ।

अत्तरिया–मोहना ६ लेन सडक आयोजनाको २२ करोड फ्रिज 
धेरै बजेट फ्रिज गर्नेमा अत्तरिया–मोहना ६ लेन सडक आयोजनाको नाम दोस्रो नम्बरमा रहेको छ। अत्तरिया–मोहना ६ लेन सडक आयोजनाको साढे २२ करोड फ्रिज भएको छ । आयोजनाको चालु आर्थिक वर्षको कुल बजेट ५१ करोड ८१ लाखमा २९ करोड २१ लाख ६५ हजार मात्रै खर्च भएको छ ।

अन्य कार्यालयको अवस्था पनि दयनीय  
कोलेनिकाका अनसुसार अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ८२.९० प्रतिशत, जिल्ला बन कार्यालयको ७५.६० प्रतिशत, जिल्ला भु संरक्षण कार्यालयको ९८.२४ प्रतिशत, हुलाकी सडक योजना कैलालीको ९३.११ प्रतिशत, खुटिया विपिनगर गडशेरा दिपायल सडक योजनाको ९०.०७ प्रतिशत, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको ९२.८२ प्रतिशत बजेट खर्च भएको छ ।

यस्तै, क्षेत्रिय सिचाई निर्देशनालयको, ९७.१२ प्रतिशत, भूमिगत जल श्रोत विकाश समिति शाखा धनगढीको ९८.१७ प्रतिशत, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन नं २२ कैलालीको ९४.२५ प्रतिशत, रानी जमरा कुलेरिया सिंचाई आयोजनाको ९५.२५ प्रतिशत, भुमिगत जल सिचाई विकास डिभिजनको ९२.१० प्रतिशत, जिल्ला सम्न्वय समिति (जिल्ला प्राविधिक कायालय) को ७६.८२ प्रतिशत र कैलाली भन्सार कार्यालयको ८७.२७ प्रतिशत बजेट खर्च भएको छ ।

सिचाई विकास डिभिजन कार्यालयको फ्रिज  रकम न्युन
जिल्लामा चालु आर्थिक वर्षको सबैभन्दा कम बजेट सिचाई विकास डिभिजनको फ्रिज भएको छ। सिचाई विकास डिभिजनको ८ लाख रुपैयाँ फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सिचाई विकास डिभिजनको चालु आर्थिक वर्षको कुल बजेट १२ करोड ९६ लाखमा १२ करोड ८८ लाख २ हजार रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ९९.३७ प्रतिशत खर्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.