July 16th, 2018

डिश मिडिया नेटवर्कले सिम टिभि किन्ने

डिश मिडिया नेटवर्क लिमिटेड (DishHome)ले सिम्पल मिडिया नेटवर्क प्रा.लि. (SIM TV) किन्ने भएको छ । दुवै कम्पनीको संचालक समितिको संयुक्त वैठकले 'सिम टि.भि.' डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरि खरिद सम्झौता सम्पन्न गरेको छ । यस खरिद सम्झौता अन्तर्गतको सेयर खरिद निकट भविष्यमै सम्पन्न हुनेछ । यसका साथै सिम टिभिको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले आजैका मितिबाट लिने भएको छ ।  

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड नेपालको Pay TV Industry मा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसै गरि सिम टि.भि. नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो ।

सिम टिभिका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टि.भि.को खरिद पछि टि.भि. हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहुँचमा पुग्ने बताए । 

नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]