प्रभु बैंकले बागलुङ्ग जिल्लाको तारा खोला गाउँपालिका वडा नं. ३ र भोजपुर जिल्लाको हतुवागढि गाउँपालिका वडा नं. १ मा गरी २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका बैंकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शाखा हरु संचालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंकको ताराखोला शाखाको उद्घाटन ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले एक समारोहका विच गरे । त्यस्तै, हतुवागढि शाखाको उद्घाटन हतुवागढि गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले गरे ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धितका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यवासायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
दुवै शाखा कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँपालिकामै शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा प्रशंसा गर्दै अब गाउँपालिकाका हरेक नागरिकले आप्mनो घर दैलोबाट प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने वातावरण बनेको बताए ।
आइतबारदेखि सञ्चालनमा आएका बैंकका नयाँ शाखाहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।