July 14th, 2018

सानिमा बैंकद्धारा Teach for Nepal लाई आर्थिक सहयोग

शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हेतुले सानिमा बैंकले Teach for Nepal (Voluntary movement for education upliftment ) लाई १० लाख सहयोग गरेको छ । सानिमा बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो ।

सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने भिजनका साथ Teach for Nepal बिगत ५ वर्ष देखि यस क्षेत्रमा कार्यरत छ । 

सानिमा बैंकले विगत ५ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका  बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ  । हालसम्म बैंकले १८९ बिद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको छ । शिक्षा नै राष्ट्र निर्माणको मुलआधार हो भन्ने कुरालाई बैंकले मनन् गरि उक्त छात्रवृद्धिलाई निरन्तरता दिदै आएको छ ।

सानिमा बैंकका सात वटै प्रदेशमा हाल ६६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम रहेका छन् । साथै, आषाढ मसान्त सम्ममा ७४ वटा शाखा हुने छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]