July 15th, 2018

सिँगटी हाइड्रोपावरले ४३ लाख ५० हजार कित्ता आईपिओ जारी गर्ने

बैंकिङ खबर । सिँगटी हाइड्रोपावरले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । दोलखा जिल्लामा निर्माण भइरहेको हाइड्रोले कूल ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।  

सिँगटीले निष्काशन गर्न लागेको कुल सेयरमध्ये, १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर स्थानीयका लागि र २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।  आईपिओ निष्काशनका लागि लागि कम्पनीले सिभिल क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

दोलखामा निर्माणाधीन १६ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत् आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]