July 13th, 2018

सिटिजन्स बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले जनकपूर र धनगढी शाखाका लागि शाखा प्रबन्धक मागेको छ । यसका लागि १० वर्षको कार्यअनुभव मागिएको छ । त्यस्तै, काठमाडौँ उपत्यकाभित्रका शाखाहरु र गाइघाट शाखाका लागि पनि केही संख्यामा शाखा प्रबन्धक मागिएको छ । यसका लागि सात वर्षको कार्यअनुभव मागिएको छ । जुम्ला, जाजरकोट र भोजपूर शाखा प्रबन्धकका लागि पाँच वर्षको मात्रै अनुभव भए पुग्छ ।

त्यस्तै, दाङको बंगलाचुली, महोत्तरीको औराही, पूर्वी रुकुमको भुमे, धनकुटाको शहिदभुमी, रामेछापको सुनापाटी र सोलुखुम्बुको लिखुपिकेका लागि कम्तीमा तीन वर्षको कार्यअनुभव भएको शाखा प्रबन्धक मागिएको छ । बैंकले कर्पोरेट क्रेडिट, एसएमई तथा इन्फ्रास्ट्रक्चर बैंकिङ डिपार्टका लागि केही संख्यामा जुनियर अफिसरको दरखास्त आह्वान गरेको छ, यसका लागि पाँच वर्षको कार्यनुभव चाहिन्छ । 

डिपोजिट मार्केटिङ जुनियर अफिसर तथा सुपरभाइजर पनि केही संख्यामा माग गरिएको छ । जुनियर अफिसरको हकमा पाँच वर्ष तथा सुपरभाइजसको हकमा तीन वर्षको कार्यअनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछ । 

यसका अलावा, सिटिजन्सले एक जना मानव संशाधन विभाग सुपरभाइजर, ईबैंकिङ डिपार्टमेन्ट सुपरभाइजर एक जना र क्रेडिट कार्य डिपार्टमेन्टका लागि जुनियर अफिसर एक जना माग गरेको छ । मानव संशाधन विभाग र ईबैंकिङ डिपार्टमेन्टका लागि तीन वर्ष तथा क्रेडिट कार्य डिपार्टमेन्टकालागि पाँच वर्षको अनुभव भएका व्यक्तिले एप्लाई गर्न सक्नेछन् । 

आवेदन दिने म्याद २० जुलाइसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]