July 12th, 2018

राष्ट्रिय वाणिज्य बैंकले एकैसाथ विस्तार गर्यो चार शाखा

राष्ट्रिय वाािणज्य बैंक लिमिटेडले थप चार शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउँपालिका वडा नं. ४ स्थित हुम्देमा शाखा कार्यालय नेस्याङ्ग, रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ स्थित शाखा कार्यालय मौलापुर, रौतहट जिल्लाको इशनाथ गाउँपालिका वडा नं. २ स्थित औरेयामा शाखा कार्यालय इशनाथ र मोरङ्ग जिल्लाको कटहरी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय कटहरीबाट कारोबार सुरु गरेको हो । 

यससँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या १९९ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।

बैंकको हाल ७२ जिल्लामा १९९ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।      


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]