July 10th, 2018

गिरावटकै क्रममा सेयर बजार, कारोबार पनि घट्यो

बैंकिङ खबर । मंगलबार सेयर बजार ०.५० अंकले घटेर १२०५.९३ अंकमा कायम भएको छ । बैंकिङ, फाइनान्स र बीमा समूह क्रमशः १.४५, ०.०७ र ५.३ अंकले बढेको भए तापनि होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १.४१, ०.४७, २.१५, ७०.५२, १.९९ र ०.५३ अंकले घटेका छन् । 

दिनभरिमा १६० वटा कम्पनीको आठ लाख ७६ हजार छ सय ११ कित्ता सेयर चार हजार चार सय ९३ पटक खरिदविक्री हुँदा २८ करोड ७९ लाख ७४ हजार चार सय ३१ रुपैयाँको कारोबार भएको छ । कृषि विकास बैंक र नेपल टेलिकमको एक करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, जनता बैंक प्रोमोटर, नेपाल बैंक र नविल बैंक प्रोमोटर पनि धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा छन् । 

बरुण हाइड्रो र हाथवे फाइनान्सका सेयरधनीले क्रमशः ७.४३ र ५.५१ प्रतिशतका दरले कमाएका छन् । समता माइक्रोफाइनान्स, युनाइटेड फाइनान्स, काबेली विकास बैंक, पूर्णिमा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक (सीपी), एशियन लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, वेष्टर्न डेभलपमेन्ट बैंक र हिमालयन डिस्टीलरीका सेयरधनीले क्रमशः ९.७६ र ६.८२ प्रतिशतका दरले गुमाएका छन् । कन्काई विकास बैंक, कालिका माइक्रोक्रेडिट, लक्ष्मी लघुवित्त, किसान माइक्रोफाइनान्स, युनिलिभर नेपाल, हाम्रो विकास बैंक, जानकारी फाइनान्स, तिनाउ विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]