July 8th, 2018

सेयर बजारमा सामान्य गिरावट, कारोबार ४८ करोडमाथि

बैंकिङ खबर । बजार खुलेको आधा घण्टाभित्र नै १२४० अंकसम्म पुगेको सेयर बजार अन्ततः ०.०२ अंकको गिरावटसँगै १२२४.३९ अंकमा कायम भएको छ । बैंकिङ, होटल, उत्पादनमूलक र अन्य समूह क्रमशः २.३३, ४१.९९, ३०.९५ र १.३५ अंकले बढेका छन् । व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र लघुवित्त समूह क्रमशः २.७९, २.२८, १७.७४, ४.४२, २३.८९ र १९.५२ अंकले घटेका छन् ।

दिनभरिमा १६८ वटा कम्पनीको १२ लाख ४१ हजार छ सय ३१ कित्ता सेयर छ हजार पाँच सय ९५ पटक खरिदविक्री हुँदा ४८ करोड २३ लाख ५२ हजार चार सय नौ रुपैयाँको कारोबार भएको छ । छिमेक लघुवित्तको झन्डै पाँच करोडको कारोबार भएको छ । नविल बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक, नेशनल लाइफ इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट, नविल बैंक, ग्रामीण विकास लघुवित्त र फस्र्ट माइक्रोफाइनान्सको एक करोडमाथिको कारोबार भएको छ । सानिमा माई हाइड्रोको ९९ लाखमाथिको कारोबार भएको छ ।

आरम्भ माइक्रोफाइनान्स र हिमालयन डिस्टीलरीका सेयरधनीले क्रमशः ९.९० र ५.९९ प्रतिशतका दरले कमाएका छन् । तिनाउ विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सोल्टी  होटल, भार्गव विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, मितेरी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, युनाइटेड मोदी हाइड्रो, रैराङ हाइड्रो र वेष्टर्न डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.६६, ६.५३ र ५.५३ प्रतिशतका दरले गुमाएका छन् । स्वरोजगार लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, विजय लघुवित्त, समता माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त, उन्नति माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]