July 8th, 2018

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २६.५७ प्रतिशत बोनस सेयर पारित

बैंकिङ खबर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २६.५७  प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सको २३औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप पुँजीवृद्धिका लागि ८३ प्रतिशतका दरले हकप्रद सेयर जारी गरेपछि कायम हुने सेयरधनीहरुका लाथि उक्त अनुपातमा  बोनस सेयर वितरण गर्न लागिएको फाइनान्सका अध्यक्ष रविन्द्र राज पाण्डेले बताए । बोनस सेयर वितरण गरेपछि फाइनान्सको चुक्तापुँजी ८० करोड ५०  हजार रुपैयाँ पुग्नेछ । 

त्यस्तै, साधारणसभाले आगामी चार वर्षका लागि संस्थापक सेयरधनीहरुको समुहबाट तीन जना र सर्वधारण सेयरधनीहरुको समुहबाट तीन जना गरी कुल छ जना संचालकहरु निर्वाचित गरेको छ ।  निर्वाचित हुनेमा संस्थापक समुहबाट शशी राज पाण्डे, चन्द्र लेखा पाण्डे र स्यामसन ज.ब. राणा रहेका छन् भने सर्वसाधारण समूहबाट उमेश भगत प्रधानाङ्ग, बालकृष्ण शर्मा वाग्ले र महेश प्रसाद अधिकारी रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]