July 8th, 2018

प्रुडेन्सियल इन्स्योरेन्ससँग एनआईसी एशिया बैंकको बैंकास्योरेन्स सम्झौता 

एनआईसी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण मर्हजनले हस्ताक्षर गरे । सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २२५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको निर्जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

नेपालको सबैभन्दा ठूलो शाखा संजाल भएको एनआईसी एशिया बैंकले  २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १७६अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । त्यस्तै, कुल कर्जा करिब रू. १२०अर्ब सहित एनआईसी एशिया बैंकले निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको पहिचान बनाएको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]