July 6th, 2018

बल्ल पायो एनसीसी बैंकले हकप्रद जारी गर्ने अनुमति

बैंकिङ खबर । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसिसि)ले आवेदन दिएको सात महिनापछि हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार बैंकलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो । 

जसअनुसार, एनसीसीले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३३ करोड ९५ लाख २९ हजार एक सय रुपैयाँ बराबरको दुई करोड ३३ लाख ९५ हजार दुई सय ९१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा  सनराइज क्यापिटल लिमिटेडल ाई नियुक्त गरेको छ । 

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्रै रहेको छ । हकप्रद जारी गरिसकेपछि बैंकको चुक्तापुँजी सात अर्ब एक करोड ८५ लाख रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]