July 6th, 2018

पाँच दिनमा सेयर बजार २५.८७ अंकले बढ्यो 

बैंकिङ खबर । लामो समयपछि यो साता सेयर बजारले आशाजनक मोड लिएको छ । कारोबारको सुरुवात राम्रो नरहेपछि अन्तिम दिन दोहोरो अंकको वृद्धिले लगानीकर्तामा थोरै भएपनि उत्साह थपेको छ । 

गत साता १९.९२ अंकले घटेको सेयर बजार यो साता २५.८७ अंकले बढेको छ । गत साता ११९८.५४ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १२२४.४१ अंकमा आईपुगेको छ । क्रमशः उकालो लाग्दै गरेको बजारले अर्को साताको सुरुवात पनि वृद्धिबाटै गर्ने संकेत देखाएको छ ।

बजार उकालो लाग्न थालेसँगै लगानीकर्ताको उत्साह पनि फर्किन थालेको देखिन्छ । गत साताको तुलनामा यो साता कारोबार रकममा सुधार आएको छ । आइतबार १९ करोड, सोमबार २० करोड, मंगलबार २१ करोड र बुधबार २५ करोड हुँदै विहीबार कारोबार रकम ४६ करोडसम्म पुगेको छ । समग्रमा साताभर एक अर्ब ३३ करोड २० लाख ८७ हजार पाँच सय १० रुपैयाँको कारोबार भएको छ । गत साता एक अर्ब चार करोडको कारोबार भएको थियो ।   

नेशनल लाइफ इन्स्योरेन्स, छिमेक लघुवित्त, प्राइम बैंक लगायतको धेरै कारोबार भएको छ । कारोवार भएको शेयर संख्याको आधारमा प्राइम कमर्सियल बैंक र कारोबार संख्याको आधारमा नेसनल लाइफ इन्ःयोरेन्स अग्रःथानमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]