July 5th, 2018

माथिल्लो तामाकोशीको आईपिओ निष्काशनको मिति सर्यो

बैंकिङ खबर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आईपिओ निष्काशनको प्रक्रिया पछाडि धकेलिएको छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दा लागि आईपिओ निष्काशनको समयअवधि पछि सारेको हो । 

 कम्पनीले यसअघि असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने बताएको थियो । यसलाई संसोधन गरेर साउन १६ गतेदेखि मात्र निष्काशन गर्ने कम्पनीले बताएको छ । स्थानीयको समस्यालाई मध्यनजर गर्दे निष्काशन मिति पछाडि सारिएको आयोजनाले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]