July 5th, 2018

एसएमएको WorkerAppzबाट पठाएको रेमिट्यान्सको भुक्तानी माछापूछ्रे बैंकबाट लिन सकिने

माछापुच्छ्रे बैंक लिमिटेड र हङ्गकङ्गस्थित एसएमए इन्टरनेसनल बिच छिटो, छरितो र झन्झट रहित रेमिट्यान्स सेवाको सम्झौता भएको छ । ग्राहकहरुले उक्त रेमिट्यान्स सेवा एसएमए इन्टरनेसनलद्वारा सञ्चालित WorkerAppzबाट लिन सक्नेछन् । WorkerAppzएउटा वेब र मोबाईल App-based पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो । 

WorkerAppzका संस्थापक तथा सिईओ प्रबिन चन्दिरामनिले  माछापुच्छ्रे  बैंक लिमिटेडसँग रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गर्न पाउनु गौरवको कुरा रहेको बताए । उनले यस सहकार्यबाट देश विदेशमा रहेका ग्राहकहरु लाभान्वित हुने बताउँदै मानिसहरुको जीवनस्तर समेत उकास्न मद्दत पुर्याउने बताए । 

यो सम्झौतासँगै यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखारहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा १०६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]