July 3rd, 2018

सरकारी बैंकहरु: उत्पादनमूलक लगानीमा पनि अब्बल, नाफामा पनि अब्बल

रुपा कोइराला/रेखा चन्द । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकिङ लगानी विस्तार गर्ने रणनीति अघि सार्दा बैंकहरु डराए । अनुत्पादक एवम् छिटो नाफा आर्जन गर्ने क्षेत्रहरुमा लगानी गरेर व्यवसायमुखी बन्दै गइरहेका बैंकहरु उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आम्दानी गर्न कठिन हुने डरमा थिए । अझै पनि निजी क्षेत्रका बैंकहरुले केन्द्रीय बैंकको निर्देशनअनुसार उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, कमर्सियल बैंकहरुले उत्पादनमूलक क्षेत्रमा कुल २५ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । त्यसमध्ये, १० प्रतिशत कृषि र ५ प्रतिशत उर्जाका लागि निर्धारण गरिएको छ भने बाँकी १० प्रतिशत पर्यटन लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था रहेको छ । 

सरकारी स्वामित्वका बैंकहरुले उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने लगानीको मापदण्ड पूरा गरेका छन् र आम्दानीमा पनि अब्बल रहँदै आएका छन् । कृषि क्षेत्रकै विकासका लागि लगानी गर्ने उद्देश्यले स्थापित कृषि विकास बैंकले कृषिमा मात्रै ३३ प्रतिशत लगानी गरेको छ ।

सरकारी स्वामित्वका बैंकहरुले उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने लगानीको मापदण्ड पूरा गरेका छन् र आम्दानीमा पनि अब्बल रहँदै आएका छन् । कृषि क्षेत्रकै विकासका लागि लगानी गर्ने उद्देश्यले स्थापित कृषि विकास बैंकले कृषिमा मात्रै ३३ प्रतिशत लगानी गरेको छ । बैंकले गाईपालन, माछापालन, च्याउ उत्पादन, च्याउको बीउ उत्पादन, फलफुल, कुखुरा पालन, बुङ्गुर पालन, विभिन्न तरकारी खेती लगायतका उत्पादन गर्नका लागि लगानी गर्ने गरेको छ । उत्पादनमूलक अन्तर्गत कृषिबाहेकका अन्य क्षेत्रमा १३ प्रतिशत लगानी गरेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।   

सरकारी स्वामित्वकै अर्को नेपाल बैंकले पनि समग्रमा उत्पादनमूलक क्षेत्रमा २५ प्रतिशत भन्दा बढी लगानी पुर्याएको छ । यद्यपि, विषयगत रुपमा हेर्दा भने कृषिमा यो बैंकको लगानी कम रहेको छ । कृषिमा १० प्रतिशत लगानी गर्नुपर्ने भनिएकोमा नेपाल बैंकले चार प्रतिशत मात्रै पुर्याएको छ । उर्जामा भने पाँच प्रतिशत लगानी गर्नुपर्ने भनिएकोमा १२ प्रतिशत पुर्याइसकेको छ । यसबाहेक, पर्यटनमा कुल लगानीको झन्डै चार प्रतिशत लगानी गरेको नेपाल बैंकले जनाएको छ । 

राष्ट्रिय वाणिज्य बैंकले पनि उत्पादनमूलक क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी गरेको छ । राष्ट्रिय वाण्ज्यि बैंकको चैतमसान्त सम्मको तथ्याङ अनुसार उत्पादनमुलक क्षेत्र अन्तर्गत खाद्यपदार्थमा ५.०६ प्रतिशत र गैरखाद्य पद्धार्थमा ५.३२ प्रतिशत लगानी गरेको छ । त्यस्तै, कृषि कर्जा लगानीमा ७.५८ प्रतिशत रहेको छ । विपन्न वर्ग र लघुवित्तहरुमा ४.६२ प्रतिशत लगानी गरेको छ । यस्तै, उर्जा क्षेत्रमा २.६० प्रतिशत अर्थात तीन अर्ब दुई करोड रुपैयाँ लगानी गरेको जनाएको छ । मेटल, मेसिनरी, औजार लगायतमा १.२३ प्रतिशत लगानी गरेको छ ।

उत्पादनमूलक क्षेत्रममा लगानी विस्तार गरेर पनि मुनाफामा सरकारी बैंकहरु अब्बल छन् । चालू आर्थिक वर्षको पहिलो तीन त्रैमासमा नै तीन अर्बमाथि नाफा कमाएर राष्ट्रिय वाणिज्य बैंक मुनाफा आर्जनमा सबैभन्दा अब्बल बनेको छ । दुई अर्ब ५६ करोड नाफासहित नेपाल बैंक चौथो स्थानमा छ भने एक अर्ब ७८ करोड नाफा कमाएर कृषि विकास बैंक छैटौँ स्थानमा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]