July 2nd, 2018

११७९.७१ अंकमा झर्यो सेयर बजार, २० करोडमाथिको कारोबार

बैंकिङ खबर । सोमबार सेयर बजार ४.८२ अंकले घटेर ११७९.७१ अंकमा कायम भएको छ । होटल र विकस बैंक क्रमशः २.२३ र ३.७५ अंकले बढेको भए तापनि बैंकिङ , जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ५.३४, १३.५९, ३.०४, २१.४४, ०.१३, १.२१ र ५.२४ अंकले घटेका छन् । 

दिनभरिमा १५९ वटा कम्पनीको छ लाख ७२ हजार एक सय तीन कित्ता सेयर तीन  हजार दुई सय १८ पटक खरिदविक्री हुँदा जम्मा २० करोड ४५ लाख ७२ हजार छ सय ६२ रुपैयाँको कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको पौने दुई करोड तथा ज्योति विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । यसबाहके, धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा नेशनल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, नविल बैंक प्रोमोटर, नेपाल बैंक र बैंक अफ काठमाण्डू  रहेका छन् । 

उन्नति माइक्रोफाइनान्स र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले क्रमशः ६.०१ र ५.६२ प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी फाइनान्स, मेरो माइक्रोफाइनान्स, विजय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, छ्याङ्दी हाइड्रो, वोमी माइक्रोफाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, रैराङ हाइड्रो र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ७.३० र ५.२६ प्रतिशतका दरले गुमाएका छन् । कञ्जुश्री फाइनान्स, सिनर्जी पावर, तारागाउँ रिजेन्सी, निर्धन उत्थान बैंक,  आईसीएफसी फाइनान्स, रिडी हाइड्रो, राधी विद्युत् कम्पनी, बैंक अफ काठमाण्डू लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]